जापान सरकारले भारतमा करीब ३.५ अर्ब जापनिज येन बराबरको लगानी गर्ने भएको छ | । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा रहनु भएको बेला जापानी प्रधानमन्त्री शिन्जो आबेले सो सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
modi and shinjo aabe
सो सम्झौतापछि जापानी प्रधानमन्त्री आबेले मोदीको भ्रमण निकै सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको बताईएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पाच दिने जापान भ्रमण निकै फलदायी रहेको जानकारी दिनुभएको छ । जापान सरकारले भारतप्रति देखाएको आदरको प्रशंसा गर्नुहुँदै मोदीले जापान सरकार र जापानीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । त्यस्तै, जापान सरकार र भारत सरकार दुवै देशमा प्रत्यक्ष विदेशी लगानी वृद्धि गर्नका लागि लगानी प्रवर्धन साझेदारी पत्रमा हस्तक्षर गरेका छन् | जापान सरकारले भारतमा पाँच वर्ष भित्र सार्वजनिक र निजी क्षेत्रका लागि करीब ३.५ अर्ब जापनिज येन बराबरको लगानी गर्ने भएको छ | उक्त सम्झौतामा भारतको आर्थिक तथा सुरक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवेले जापान सरकार भारतसमक्ष विभिन्न विकाश कार्यका लागि ५० करोड जापानी येन ऋण स्वरुप उपलब्ध गराउन तयार रहेको समेत जानकारी गराए |
No comments:
Post a Comment