Tuesday, September 9, 2014

प्रधानमन्त्रीले भने-मोहन वैद्य मेरा नजिकका साथी नेकपा माओवादीको समेत समर्थनमा माघ ८ मै संविधान

September 9
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यको समेत समर्थन र सहभागितामा आगामी माघ ८ मै संविधान जारी हुने दावी गरेका छन् ।
 वीपी विचार पदयात्राको मंगलबार सुन्दरीजलस्थित वीपी संग्राहलयमा समापन गर्दै कोइरालाले वैद्य आफ्नो नजिकको साथी भएको भन्दै उनको समेत सहमतिमा संविधान जारी हुने बताए ।

कोइरालाले भने-‘वैद्यजी मेरो नजिकको मित्र हुन्, आज पनि उनीसँग टेलिफोन वार्ता भएको छ र चाँडै राजनीतिक सम्मेलन गर्नका लागि आउनुस् भनेको छु ।

’ वैद्य पार्टी कार्यक्रमका सिलसिलामा डडेलधुरामा छन् । कोइरालाले वैद्यलाई टेलिफान गेरेर सहमति गर्न चाँडो काठमाडौं फर्किन आग्रह गरेको बताए ।

 कोइरालाले सबैलाई बराबरी हैसियत र सम्मान दिएरै नयाँ संविधान जारी गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मंगलवारै एमाओवादी अध्यक्ष प्रचण्डले पनि भेट गरेर मुलुकलाई दुर्घटनामा जानबाट जोगाउन आग्रह गरेका थिए ।

 समापन कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गरेका थिए ।

No comments: