Friday, September 5, 2014

केरा खानुस मस्तिस्कघात्को खत्रा हटाउनुस

September 5
केरा खानुमा मात्र स्वादिलो छैन, यसमा पाइने पोषक तत्वहरु मानव स्वास्थ्यका लागि निकै उपयोगी समेत हुन्छन् । केराको नियमित सेवनले मानिसमा मस्तिष्कघातको जोखिम कम हुने पछिल्लो अनुसन्धानले देखाएको छ ।
banana
 खासगरी महिनावारी बन्द भैसकेका महिलाहरुमा केराको सेवनले मस्तिष्कघातको जोखिम एक चौथाइले कम हुने अध्ययनको निष्कर्ष छ । केरा लगायतका उच्च पोटासियम युक्त खाद्यपदार्थ मस्तिष्कघातको जोखिम कम गर्न निकै उपयोगी हुने शोधकर्ताहरु बताउँछन् । ५० देखि ७९ वर्ष उमेर समूहका ९० हजार १ सय ३७ जना महिलामा औषतमा ११ वर्ष लगातार अध्ययन गरी यस्तो निष्कर्ष निकालिएको शोधकर्ताहरु बताउँछन् ।

त्यसक्रममा ती महिलाहरुले कति पोटासियम सेवन गरे र अध्ययनको समयमै उनीहरुमध्ये कतिलाई मस्तिष्क भयो र कतिको मृत्यु भयो भन्ने कुराको अध्ययन गरियो । अमेरिकन हार्ट एसोसिएसन जर्नलमा प्रकाशित शोध प्रतिवेदनका अनुसार अधिकतम केरा सेवन गर्ने महिलामा सामान्य खालको मस्तिष्क हुने जोखिम ११ प्रतिशत कम हुने र मस्तिष्कमा रगत बन्द हुने स्केमिक स्ट्रोकको जोखिम १६ प्रतिशतले कम हुने पाइएको छ ।

 उच्च रक्तचापको समस्या नभएका महिलाहरु जसले केरा लगायतका पोटासियम युक्त खाद्यपदार्थ पर्याप्त खान्छन् उनीहरुमा मस्तिष्कघातको जोखिम २७ प्रतिशतले कम हुन्छ । न्युयोर्कको अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनका मुख्य शोधकर्ता सिल्भिया वासरथेइल स्मोलरका अनुसार महिलाले उच्च पोटासियम युक्त खाद्य पदार्थ खानु आवश्यक छ । सिमी, आलु तथा केरा लगायतका पदार्थमा पोटासियम प्रसस्त पाइने उनी बताउँछिन् ।

No comments: