Friday, September 5, 2014

राप्रपा नेपालद्वारा पद्मसुन्दर लावतीसँग स्पष्टिकरण माग ढकाल र थापा उपाध्यक्षमा मनोनित


 September 5

काठमाडौं । राप्रपा नेपालले पूर्व सहअध्यक्ष पद्मसुन्दर लावतीसहितका असन्तुष्ट नेताहरुलाई स्पष्टिकरण सोधेको छ । समानान्तर ढंगबाट बैठक र सम्मेलनहरु गरेको तथा पार्टीको नाम, झण्डा र साईन बोर्ड दुरुपयोग गरेको भन्दै तीन दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको सहमहमन्त्री मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । PSLawoti_photo
  ‘पार्टीको बृहत्तर हित र एकतामाथि असर पार्ने ढंगबाट पार्टीको विधान उल्लंघन गर्ने कार्यमा लावतीलगायत केही महाधिबेशन प्रतिनिधि र केन्द्रीय परिषदका सदस्यहरुको प्रत्यक्ष संलग्नता रहनु दुर्भाग्यपूर्ण एवं लज्जाजनक छ’ विज्ञप्तिमा भनिएको छ ।

 चित्तबुझ्दो जवाफ पेश नगरे विधानअनुसार कारबाही गरिने राप्रपा नेपालले जनाएको छ । ढकाल र थापा उपाध्यक्षमा मनोनित यसैबीच टंक ढकाल र निरञ्जन थापा राप्रपा नेपालको उपाध्यक्षमा मनोनित भएका छन् । ढकाल र थापा शाहीकालका मन्त्री हुन् ।

 अध्यक्ष कमल थापाले उद्वव पौडेललाई कोषाध्यक्षमा नियुक्त गरेका छन् । यस्तै राजाराम श्रेष्ठ, कुन्तीकुमारी शाही, प्रा.डा.गीताभक्त जोशी, तारानाथ लुईटेल, राम थापा, विष्णु भण्डारी र बृजलाल यादवलाई सहायकमहामन्त्रीमा नियुक्त गरेका छन् ।

No comments: