Friday, September 5, 2014

कार्यतालिकाबारे हामी केही बोल्दैनौं : माओवादी सचिव एमाओवादीभन्दा वैद्य माओवादी नरम

September 5
काठमाडौं । संविधानसभाको कार्यतालिका फेर्ने/नफेर्ने बारे सत्ता पक्ष र प्रतिपक्षवीच चर्काचर्की भइरहेका बेला वैद्य माओवादीका नेताले भने यसबारे आफूहरुलाई कुनै सरोकार नरहेको बताएका छन् । dev-gurung1 फाइल फोटो dev-gurung1
 ‘हामी कार्यतालिका फेर्नैपर्छ भन्दैनौं, फेर्न हुँदैन पनि भन्दैनौं, यो संविधानसभामा रहभागी दलहरुले विचार गर्ने कुरो हो,’ नेकपा- माओवादीका सचिव देव गुरुङले अनलाइनखबरसँग भने, ‘हामी कार्यतालिकाका विाष्यमा यसो गर र उसो गर भन्दैनौं ।’

राष्ट्रिय राजनीतिक सभा गर्न सहमति जनाइसकेपछि संविधानसभाको प्रक्रियालाई पनि जारी राख्दा दुई समानान्तर प्रक्रिया अघि बढ्ने गुरुङले बताए । ‘यस्तो समानान्तर प्रक्रिया अघि बढ्दा कत्तिको नैतिक र सहज हुन्छ, यो संविधानसभामा रहेकै दलहरुले जान्ने कुरा हो,’ चारदलीय कार्यदलमा समेत रहेका गुरुङले अनलाइनखबरसँग भने, ‘यसबारे उहाँहरु आफैंले सोच्नुहोस्, हामी केही भन्दैनौं ।

 हामी संविधानसभाको प्रक्रियामै असहमत छौं ।’ कार्यतालिकाका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी पार्टीका नेताहरु वैद्यजीलाई धोका दिन मिल्दैन भन्दै कडा रुपमा प्रस्तुत भइरहेका बेला वैद्य माओवादीकै नेताले कार्यतालिकाबारे प्रचण्ड पक्षको भन्दा नरम रुप देखाएका छन् । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा एमाओवादी नेताहरुले संविधानसभाको कार्यातालिका परिवर्तन नगर्ने हो भने वैद्य माओवादीलाई धोका दिएको ठहरिने बताएका थिए ।

 गोलमेच गर्न भसक्कै समय लाग्न सक्छ
 माओवादी नेता गुरुङले हतार गरेर एकै रातमा गोलमेच सम्मेलन हुन नसक्ने बताए । उनले भने-’पहिले कार्यदलले वर्कआउट गर्नुपर्‍यो, त्यसपछि ४ दलमा राख्नुपर्‍यो । त्यहाँबाट ६४ वटै दललाई एजेन्डाहरु दिनुपर्‍यो । ती सबै दलले आन्तरिक छलफल गरेर आ-आफ्नो धारणा बनाएपछि बल्ल राष्ट्रिय राजनीतिक सभा हुन सक्छ, यसका लागि भसक्कै समय लाग्न सक्छ ।’ संविधानसभाको कार्यतालिका रोकेर गोलमेच गर्नुपर्छ भन्ने एमाओवादीले कडा अडान राखिरहेको भए पनि गुरुङले यसमा आफ्नो दल नरम रहेको संकेत गरेका छन् । यद्यपि संविधानको कार्यतालिका अनुसार काम जारी राख्नु नैतिक प्रश्न भएको गुरुङको भनाइ छ । ‘एकातिर गोलमेच डाक्ने अर्कातिर खुरुखुरु काम गरिराख्ने, यसो गर्दा नैतिकताको प्रश्न चाँहि उठ्छ ।’  

नरम बनेको संकेत
 माओवादी सचिव एवं चारदलीय कार्य दलका सदस्य गुरुङको अभिव्यक्तिले वैद्य माओवादी निकै नरम र लचकदार बनेको संकेत देखिएको छ । ‘कार्यतालिकाअनुसारै संविधानसभाको काम जारी रह्यो भने तपाईहरु वार्ताको टेबलमा बस्नुहुन्छ कि बस्नुहुन्न ?’ अनलाइनखबरको प्रश्नमा सचिव गुरुङले भने- ‘राष्ट्रिय सहमतिको यो प्रक्रिया नै अघि नबढ्ने भन्ने हुँदैन ।’

No comments: