Friday, September 5, 2014

नेपाल नीलोले पनि माल्दिभ्सलाई हरायो

September 5
काठमाडौं । नेपालीको महिला भलिबल टोली (निलो)ले पनि मैत्रीपूर्ण खेलमा माल्दिभ्सको राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको खेलमा नेपालको निलो टिमले माल्दिभ्सको टिमलाई ३-० को सोझो सेटमा हराएको हो ।
 Nepal-vs-bangladesh-vollyball
पहिलो सेटमा २५-११ ले जितेको नेपालले दोस्रोमा २५-१२ र तेस्रो सेट २५-१९ ले जितेको थियो । माल्दिभ्ससँगको मैत्रीपूर्ण खेलको लागि नेपालको रातो र निलो गरी दुई टोली तयार पारीएको छ ।

रातो टोलीकी कप्तानी विनिता बुढाथोकीको टिमले पनि ३-० ले बिहीबार खेल जितेेको थियो । शनिवार नेपालकै निलो र रातो बीच प्रतिस्पर्धा हुनेछ । नेपाली महिला भलिबल टोलीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको यो दोस्रो अवसर हो । यसअघि नेपालले २०४४ सालमा थाइल्याण्डसग मैत्रीपूर्ण खेल खेलेको थियो ।

No comments: