September 13
काठमाडौं, भाद्र २७ - एमालेबाट सक्रिय राजनीति त्यागेका नेता एवं साहित्यकार मोदनाथ प्रश्रितले नेपाललाई धर्मनिपेक्ष मुलुक घोषणा गर्नु हरेक दृष्टिले घातक भएको टिप्पणी गरेका छन् ।
शुक्रबार बालकुमारी ललितपुरमा माइलस्टोन प्रकाशनले आयोजना गरेको ‘नेपालमा धर्मनिरपेक्षता कि धार्मिक स्वतन्त्रता’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै प्रश्रितले पश्चिमा शक्तिहरु धर्म प्रचारका माध्यमबाट आफ्नो राजनीतिक वा धार्मिक प्रभाव विभिन्न कमजोर मुलुकमा जमाउन लागि परेको आरोप लगाए । उनले त्यही रणनीतिक प्रयन्त नेपालमा पनि भइरहेको र नेपालका कम्युनिष्ट नेताहरु त्यसैको लहैलहैमा लागेको दाबी गरे ।
‘नेपालका कम्युनिष्टहरुले उराल्ने गरेको धर्म निरपेक्षताको कुरामा आर्थिक स्वार्थ, अवसरवादी पाखण्ड एवं स्वाधीन राष्ट्रको भविष्यप्रति अन्धोपन स्पष्टरुपमा अभिव्यक्त छ,’ प्रश्रितले भने,’ यहाँका सत्ताधारी नेताहरुले लोकतान्त्रिक उदारताका जतिसुकै डींग हाकेपनि त्यो प्रचार सत्तानिकट कसैको सहयोग र आडभरोसा विना चलेको छैन ।’
धर्मनिरपेक्षताका सन्दर्भमा एमाओवादीको चरित्र झन डरलाग्दो भएको उनको भनाइ छ ।
एमाले सचिव ज्ञवालीले २०४७ सालको संविधानमै एमालेले धर्मरिपेक्षता हुनुपर्छ भन्ने आवाज उठाएको स्मरण गर्दै पछाडि फर्किन नसकिने बताए । उनले राज्यको अलोकतान्त्रिक संस्कारको अन्त्य गर्न धर्मनिरपेक्षताको सन्दर्भ आएको भन्दै नेपालको सन्र्दभमा उचित
No comments:
Post a Comment