Saturday, September 13, 2014

खनालले भने- कामको मुल्यांकन गरेर महेशलाई मन्त्री बनाएको हो

September 14
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले युवा संघको कामको मुल्यांकन गरेरै महेश बस्नेतलाई मन्त्री बनाएको बताएका छन् ।
माधव नेपालसहितका नेताहरुले मन्त्री हेरफेरप्रति अशन्तुष्टि जनाइरहेका बेला खनालले युवा संघले एमालेको पक्षमा मुलुकभरका युवाहरुलाई जागरुक बनाएको र संविधानसभा निर्वाचनमा युवा जनमत एमालेको पक्षमा ल्याउन भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

 ‘पार्टीले युवा संघको कामलाई उच्च मूल्यांकन गरेको छ । त्यहि अनुरुप अध्यक्ष महेश कमरेडलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको छ, एमालेले युवालाई अघि बढाउन खोजेको छ’ खनालले भने ।

 खनालले अब मुलुकमा युवा उद्यमशीलता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै बस्नेतले मुलुकको औद्योगिक क्षेत्र सुधारमा राम्रो काम गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

 बिस्तारित बैठकलाई महासचिव इश्वर पोखरेलले पनि सम्बोधन गर्दैछन् । बस्नेतलाई उद्योग मन्त्री बनाएकोमा युवा संघले एमाले नेतृत्वलाई धन्यवाद दिएको छ । एमालेले पर्यर्टनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएर दीपकचन्द्र अमात्य र महेश बस्नेतलार्इ मन्त्री बनाएको थियो ।

No comments: