Saturday, September 13, 2014

केही पदाधिकारी बैठक छाडेर भागेको प्रदिपजंग पाण्डेको टिप्पणी अदालतमा विचाराधीन मुद्धा नचर्काउन आग्रह

September 13
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले केही पदाधिकारीहरुले बैठक गरेको नभइ छाडेर भागेको टिप्पणी गरेका छन् । वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष शेखर गोल्छासहित केही सदस्यहरुले अध्यक्ष अवैधानिक भएको भन्दै महासंघको शुक्रबार धुलिखेलमा भएको चौथो कार्यकारिणी समितिको बैठक बहिस्कार गरेका थिए ।
Pradeep-jung-pandey
Pradeep-jung-pandey
 भ्रष्टाचारमा दोषी ठहर भएको पाण्डे स्वयंमले अस्वीकार गरिसकेकाले उनी अवैध भएको उनीहरुको ठहर छ ।  तर, पाण्डेले शनिबार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरेर अदालतमा विचाराधीन मुद्धालई अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् ।

 ‘अदालतमा विचाराधिन मुद्धाबारे संसदमा समेत छलफल हुँदैन’ उनले भने-‘यसबारे अनर्गल प्रचार गर्नु गलत हो । महासंघको अनुशासन विपरित हुन्छ ।’ महासंघका केही पदाधिकारी बैठकमा हाजिर नै नगरी हिडेकाले बहिस्कार भन्न नमिल्ने उनले बताए ।

उनले भने-‘आउने, चियाउने र हिड्नु भनेको भागेको हो । हाजिर नगरी हिडेकाहरुले बहिस्कार गर्‍यौं भन्दैमा बहिस्कार हुँदैन ।’ उनले महासंघको बैठकमा अब हाजिर अनिवार्य गर्ने निर्णय भएको समेत बताएका छन् । महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले चित्त नबुझेका कुरा भए बैठकमा आएर राख्न आग्रह गरे ।

असन्तुष्ट पक्षलाई चेतावनी दिँदै उनले भने-‘आकासतिर फर्किएर थुक्दा आफ्नै अनुहारमा पर्छ भन्ने कुरालाई सबैले ख्याल गर्नुपर्छ ।’ बैठकले पूर्वअध्यक्ष रविराज श्रेष्ठको अध्यक्षतामा अनुसासन समिति बनाएको छ । साथै महासंघका अध्यक्षसहितका केही पदाधिकारीविरुद्ध केही सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै खेल प्रस्ताव समेत पारित गरेको छ ।

 कार्यकारिणी समितिको बैठकले शिक्षा, स्वास्थ्य, खेलकुद र प्राकृतिक प्रकोपमा सहयोकालाई सामाजिक कोष बनाउने निर्णय गरेको छ भने विधान संशोधनबारे सुझाव दिन पूर्वअध्यक्ष ढकालको नेतृत्वमा सुझाव समिति बनाएको छ ।

No comments: