September 14
चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपांग संरक्षण केन्द्रमा आश्रित चेपांग वालवालिकाका लागि खाद्यान्न र लत्ता कपडा सहयोग प्राप्त भएको छ । काठमाडौंको तक्षशिला एकाडेमी र सक्रिय महिला समुहले वालवालिकालाई खाद्यान्न र लत्ता कपडा सहयोग गरेको हो ।
chepang1
विद्यालयका सहायक प्राचार्य जयन्त आचार्य र कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा महिला समुहका सदस्यहरु केन्द्रमै आएर खाद्यान्न र लत्ता कपडा वालवालिकालाई हस्तान्तरण गरेका थिए । त्यसैगरी रत्ननगर–१ बकुलहर निवासी तिलकराज पराजुलीले आफनो २४ औं जन्मदिन चेपांग वालवालिका संगै मनाएका छन ।
chepang2
आमा राधा पराजुलीसंगै केन्द्रमा पुगेर तिलकराजले जन्म दिनको अवसरमा चेपांग वालवालिकालाई २ छाक खानाको समेत व्यवस्था गरेका हुन् । केन्द्रमा हाल ७० जना चेपांग वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

No comments:
Post a Comment