September 17
सन्दर्भ: ५० औं राष्ट्रिय बाल दिवस २०७१ भदौ महिना सुरु हुनुभन्दा केही दिन अघिदेखि नै हामी साथीहरु जम्मा भएर छलफलमा जुट्थ्यौ । उक्त छलफलको उद्देश्य हुने गर्दथ्यो, ‘बाल दिवस’ कसरी मनाउने ? अनि, साथीभाइ मिलेर एउटा कार्यक्रमको तय (आयोजना) गरिन्थ्यो । बाल दिवसका दिनमा के–के कार्यक्रम गर्ने, कसरी गर्ने भन्ने सबै चाँजोपाँजो हामी एक हप्ता अगाडि नै मिलाई सकेका हुन्थ्यौ । कार्यक्रम तयार पारिसकेपछि त्यसमा लाग्ने अनुमानित खर्च हिसाब गथ्र्यौ र साथीहरु मिलेर जोरजाम गर्नमा जुट्थ्यौ ।
जोरजाम गर्ने भनेको आफ्नो भागमा परेको पैसा घरमा अभिभावकसँग माग्नु पथ्र्यो । बाल दिवसको दिन विद्यालय बिदा हुने भएकाले हामीलाई कार्यक्रमको लागि समय हुन्थ्यो । छुट्टिको समयको सदुपयोग, हामी स्यवम्को आयोजना र आफ्नै सक्रिय सहभागितामा कार्यक्रम हुने भएकाले हामीमा एक खालको छुट्टै जोशजाँगर आउँथ्यो ।
हामी जे कार्यक्रम बनाउँथ्यौ त्यसलाई सकेसम्म राम्ररी सफलतापूर्वक सम्पन्न गर्नका लागि खटिन्थ्यौ र त्यसैमा हामी रमाउथ्यौं । बाल दिवसको अघिल्लो दिन नै हाम्रो सम्पूर्ण तयारी पूरा भइसकेको हुन्थ्यो । कुन–कुन कार्यक्रममा को–को सहभागी हुने भन्ने सबै तालिका मिलाएर तयार पारिएको हुन्थ्यो । बाल दिवसको दिन हामी खाना खाएर दिउँसो घर नजिकैको चौरमा जम्मा हुन्थ्यौ । हामीलाई नेपाली टाइम र अंग्रेजी टाइम भन्ने थाहा थिएन । हामीले बनाएको समयमा सबैजना उपस्थित भैसकेका हुन्थ्यौ ।
बाल दिवस कार्यक्रमको लागि हामीले गुच्चा, चम्चा, डोरी, बेलुन, चकलेट, विस्कुट, मोजामा कागज कोजेर बनाइएको बल, ईंटका टुक्रा, खरानीजस्ता सामग्री जम्मा पाथ्र्यौ । घरमा उपलब्ध भएका सामग्रीहरु घरबाटै नै ल्याउथ्यौ र अरु किन्थ्यौ । हाम्रा खेलहरु हुन्थेः चम्चा दौड, रिले, तातो आलु, डोरी तानी, चकलेट खाई, गुईठा ढलाई यस्तै–यस्तै । हाम्रा पुरस्कार हुन्थेः लाँलीगुराँस छाप कपि र सिसाकलम ।
बाल दिवस कहिलेदेखि मनाउन सुरु गरियो, किन मनाइयो, केका लागि मनाउने गरिन्छ यी आदि इत्यादी प्रश्न हाम्रा लागि कहिल्यै पनि जिज्ञासाको विषय बनेन र हामीले कहिल्यै जान्न खोजेनौ र चाहेनौ । विद्यालयमा पनि बाल दिवसको विषयमा कार्यक्रमको अलवा बिदा दिईन्थो । हामीलाई पनि बिदा भएपछि अरु केही चाहिदैनथ्यो, खुशी हुन्थ्यौ अनि कार्यक्रम गरेर मनाउथ्यौं । एसएलसी पास भएपछि उच्च शिक्षाको लागि शहर पस्नुको कुनै विकल्प थिएन ।
त्यसैले, उच्च शिक्षाको लागि म लगायत हाम्रा साथीहरु शहरतिरको भिडभाडमा रुमलियौ । कोही काठमाडौं, कोही पोखरा, कोही चितवन यस्तैयस्तै । शहरमा गएपछि बाल दिवस पनि त्यतै शहरको भिडभाडमा विस्तारै विलिन भयो । बाल दिवसको दिनमा गाउँ आउने मेसो नमिल्ने, उतै मनाउन स्कुलको जस्तो साथी नपाउने त्यसैले गर्दा बाल दिवस इतिहासका पानामा मात्रै अमिट रहन थाल्यो । गाउँमा साथीहरुसँग बाल दिवस मनाएको भर्खर जस्तो लाग्छ । उच्च शिक्षाको लागि शहर पसेको पनि एक दशक भैसकेछ । समय गएको पत्तै नहुँदो रहेछ ।
दिवस एउटा पर्व हो । कुनै न कुनै ऐतिहासिक घटनाक्रमसँग जोडिएर नै दिवस मनाउने गरिएको हुन्छ । जसको आ–आफ्नै मौलिकता हुन्छ, संस्कार हुन्छ । हामीले त्यसको मर्म अनुसार मनाउनु नै त्यस दिवसलाई न्याय दिनु हो । विभिन्न चाडपर्वहरु छन्, जसको नाममा नै पहिचान हुन्छ, पहिचान अनुसार उक्त चाडमा के गर्ने, के खाने, कस्तो लगाउने भन्ने मान्यता हुन्छ । यसको जगेर्ना गर्नका लागि त्यसको मर्म, भावना अनुसार मनाईनु त्यस दिवसको सम्मान गर्नु हो ।
कुनै पनि दिवस कहिलेदेखि र किन मनाउन सुरु गरिएको भन्ने कुरा सीमित व्यक्तिहरूलाई मात्र थाहा होला । किनकी हामी दिवसलाई दिवसको रुपमा नभई उत्सवको रुपमा मनाउने गर्दछौं । विद्यालयहरुमा प्रायःजसो दिवसको अवसरमा बिदा दिने चलन छ ।
दिवस मनाइए पनि आफू अनुकुल कार्यक्रम बनाउने र मनाउने गर्दछौं । कसैले बादविवाद प्रतियोगिता, कसैले हाजिरीजवाफ प्रतियोगिता, कसैले खेलकुद प्रतियोगिता, कसैले रब्गीचब्गी मञ्च बनाएर अतिथिको आदर सत्कार गर्ने र मञ्चमा ठूलाठूला भाषण गर्न लगाएर मनाउँदै आएका छौं । हामीले यस्तै–यस्तै कार्यक्रमहरु गर्दै र सिक्दै आएका छौं । जसलाई हामी जानेर वा नजानेर भएपनि अनुशरण गरिरहेका हुन्छौं ।
जुन वास्तविकताको धरातलबाट भलै प्रसब्ग नै नजोडिएको पनि हुन सक्छ । तत्कालीन बडामुमारानी रत्नराज्य लक्ष्मी देवी शाहले आफ्नो जन्मोत्सवको अवसरमा परोपकारी कार्यको थालनी गर्नुभई बाल दिवसको सुरुवात भएको थियो । नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत् टुहुरा, अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको पाइन्छ । जुन दिवस मनाउन थालेको आज ५० बर्ष पुगेको छ ।
स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ मनाएर बढिभन्दा बढि कठिन परिस्थितिका बालबालिकालाई सहयोगको लागि ठूलो फड्को मार्ने समय आएको छ । यस संस्थाको उद्देश्य अनाथ, परित्यक्त, द्वन्द्वबाट प्रभावित बालबालिकाहरुलाई पारिवारिक पुनस्र्थापना गर्नु, बालबालिकाको उचित संरक्षण गर्नु, न्यून आय भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सहयोग गर्नु, उचित शिक्षा प्रदान गर्नु तथा यस संस्थालाई राष्ट्रिय स्तरमा सञ्जाल बनाउनु रहेको थियो । हामीले यसको उद्देश्य अनुरुप कति काम गरिरहेका छौं, स्वयम् मूल्याब्कन गर्न सक्छौं, कति यसलाई न्यायसंगत गरिरहेका छौं त्यसको पनि लेखाजोखा हामी आफैं सजिलै अनुमान लगाउन सक्छौं ।
आज नेपालमा हजारौं बालबालिका विभिन्न कारण अन्धकारमय जीवन बिताउन बाध्य भएका छन् । सरकारी तथा गैरसरकारी संस्थाबाट बालबालिकाको क्षेत्रमा गरिएको लगानी सोचेअनुरुप फलदायी हुन सकेको छैन । हामीले विभिन्न संचार माध्यमहरुमा बालअधिकार हननका घटनाहरु थुप्रै पढ्न, सुन्न सक्छौं । त्यस्ता खालका घटनाहरु बारम्बार घटिरहेका हुन्छन्, त्यसलाई न्यूनीकरणका उपयाहरु अपनाउन सकिरहेका छैनौं । बालबालिकाहरु आफ्नो अभिभावकको काखबाट टाढा हुनु परेका कारण पनि धेरै बालबालिका विरुद्ध घटना घट्ने गरेका छन् । बालबालिकाहरु आफ्नो अभिभावकसँग बस्ने हो भने पनि केही हदसम्म यस्ता घटनामा कमी आउनेछ ।
आज कानुन, पैसा र शक्तिको पछाडि दौडिरहेको अवस्थामा पैसा र शक्ति हुनेहरुले नै बालअधिकारको उल्लब्घन गरिरहेका छन् । सबै क्षेत्रबाट गम्भिर हुनुपर्ने बालबालिकाको क्षेत्रमा कसैले पनि चासो दिन सकिरहेका छैनन् । अन्जानमा भएका घटना भन्दा जानाजान भएका घटनाहरु धेरै छन् । समाजमा सकारात्मक सन्देश फैलाउन र समस्यामा परेका बालबालिकाहरुलाई संरक्षण गर्न सकियोस् भन्ने हेतुले नै बाल दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसले विभिन्न क्षेत्रमा ठूलो योगदान तथा सहयोग पु¥याउँदै आएको कुरालाई नकार्न भने सकिँदैन । विभिन्न कार्यक्रम मार्फत् धेरै बालबालिकाहरुको संरक्षण हुन सकेको हामी स्वयम्ले देखिरहेका पनि छौं ।
केही बालबालिकाहरुले नयाँ जीवन पाउन सफल भएका छन् । विभिन्न समुदायको बालबालिकाहरुले विभिन्न योजना मार्फत छात्रवृत्ति पाएका छन् । जसको कारण उनीहरुले आफ्नो पठनपाठनलाई निरन्तरता दिन सकिरहेका छन् । अनाथ, असाहय बालबालिकाले उचित शिक्षादिक्षाका साथै संरक्षण पाएका छन् । बालबालिकालाई विभिन्न अवसरहरु प्रदान गरी उनीहरुको आधारभूत अधिकारको संरक्षण हुन सकेको छ । विगत केही बर्षयता समयअनुसार दिवस मनाउने तरिका पनि परिवर्तन हुन खोजको छ तर यसको मर्मलाई बिर्सनु भने दुःखद पक्ष हो । दिवसले समयअनुसार परिवर्तन गरे तापनि यसको मर्म अनुसार मनाउनु उपयुक्त हुनेछ ।
यसको भावनालाई कुल्चेर अघि बढ्नु पक्कै पनि ठीक होइन । प्रत्यक वर्ष ठूलाठूला मञ्च बनाएर, ठूलाठूला नेता, बुद्धिजीविलाई अतिथिगण बनाएर उनीहरुबाट विभिन्न रब्गीचब्गी सपना मञ्चमा बुनिन्छन् अनि भोलिपल्ट सपना आगामी दिवससम्मको लागि स्थगित हुने गर्दछ । यो हाम्रो नियमित नियति नै बनिसकेको छ । गणतान्त्रिक नेपाल पश्चात् भदौ ४ गते मनाउने गरिएको बाल दिवसलाई भदौ २९ गते लगेर नेतागणहरुले ठूलो परिवर्तन गरेको सम्झिएका छन् । तर, ती अबोध बालक जो अन्धकारमय जीवन विताइरहेका छन् उनीहरुको लागि भदौ ४ गते न भदौ २९ गते सदाबहार एकनास रहने गरेको छ । जो आफ्नो अधिकारबाट पुरै बञ्चित छन् ।
उनीहरुलाई भाषणले कसरी न्याय दिलाउन सकिन्छ र भदौ ४ गते मनाईदै आएको बाल दिवस गणतान्त्रिक नेपालको स्थापनासँगै भदौ २९ गते मनाउन थालिएको छ । रानीको जन्मोत्सवको अवसरमा मनाईदै आएको बाल दिवसलाई संयुक्त राष्ट्रसब्घको महासभाबाट पारित बालअधिकारसम्बन्धी महासन्धीमा नेपालले भदौ २९ (१४ सेप्टेम्बर, १९९०) गते हस्ताक्षर गरेकाले गणतान्त्रिक नेपाल बनेपछि भदौ २९ गते मनाउन थालिएको हो । बाल दिवसको मिति फेरिएपनि काम गर्ने शैली फेरिएको छैन, मिति फेरेर आफूलाई गणतान्त्रिक सम्झनेहरुले यो बुझ्नु जरुरी छ की बालदिवसमा बालबालिकाको हकहितको काम के–कति भए भनेर लेखाजोखा गरी आगामी दिनमा अझ सुदृढ गर्न तर्फ उन्मुख हुनु पर्दछ ।
बालदिवसमा बालबालिकालाई दिइएको विदा मात्रै हो अरु केही दिन सकिरहेका छैनन्, जुन विदा बालबालिकाको लागि बरदान भएको छ वा छैन बुझ्नु जरुरी देखिन्छ । बालबालिकाको उच्चतम हितको लागि दिवस मनाई दिवसलाई सार्थकता दिने तर्फ सबै उन्मुख हुनुपर्दछ । बाल दिवस मनाईनुको अर्थ अनाथ, परित्यक्त, द्वन्द्वबाट प्रभावित बालबालिका लगायतका कठिन परिस्थितिका बालबालिकाहरुको ओठमा मुस्कान छर्न सक्ने शक्ति सबैमा जगाउनु आवश्यक छ ।
No comments:
Post a Comment