September 8
काठमाडौ । वैदेशिक रोजगार अभिमुखीकरणका लागि स्वीकृति नपाएपछि वैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलित भएका छन् । तालिमका लागि ब्यवसायीहरुबाटै सिण्डिकेट गरिएको भन्दै केही ब्यवसायीहरुले वैदेशिक रोजगार अभिमुखीकरण संघर्ष समिति गठन गरी आन्दोलन थालेका छन् ।
सरकारको नीति नियम अनुसार नै संस्था दर्ता तथा नविकरण गरिएका संघ संस्थाहरुलाई अभिमुखीकरणका लागि स्वीकृति नदिएको भन्दै नयाँ बैदेशिक रोजगार ब्यवसायीहरु आन्दोलित भएका हुन् ।
अभिमुखीकरण तालिम सञ्चालन गर्ने संस्था दर्ता तथा नविकरण सम्बन्धि कार्यविधि २०७१ अनुसार मापदण्ड पुरा गरे स्वीकृति हुन्छ भनी ब्यवसायीहरुलाई सचिवालयका कार्यकारी निर्देशकले नै आश्वासन दिएर स्वीकृति नगरिएपछि आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक शालिकराम भण्डारीले बताए ।
केही सिमित ब्यवसायी तथा ब्यक्तिहरुले सिण्डिकेट प्रणाली लागू गर्न खोजेको उनीहरुको आरोप छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको वैठक चलिरहदा केही पुराना ब्यवसायीले अभिमुखीकरण तालिमका लागि सिण्डिकेट प्रणाली लागू गर्ने उद्देश्यले विरोध गरेको समेत भण्डारीले आरोप लगाए ।
अभिमुखीकरण गर्ने नयाँ २३ वटा संघ/संस्थाहरु रहेका छन् । ब्यवसायीहरुले प्रचिलित कानून अनुसार बैदेशिक रोजगार बोर्डबाट विना भेदभाव अभिमुखीकरण संस्था दर्ताको अन्तिम स्वीकृति तत्काल दिनुपर्ने माग राख्दै आएका छन् ।

No comments:
Post a Comment