Monday, September 15, 2014

एनसेलले दियो १६ विद्यार्थीलाई जनही एक लाखको छात्रवृत्ति

September 15
एनसेलले केन्द्रीय क्याम्पस पुल्चोक ईन्जिनियरिङ् कलेजकाई लेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ संकायका उत्कृष्ट १६ विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ।
उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जन शक्ति विकासमा योगदान पुर्‍याउने उद्देश्य अनुरुप एनसेलले १२ विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा ४ एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरेको हो। एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सन्जु कोइरालाले प्रत्येकलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिन्। 
 
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि केन्द्रीय क्याम्पस पुल्चोक ईन्जिनियरिङ कलेजमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको हो।
 
'एनसेल छात्रवृत्तिले लगनशिल र उत्कष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापनभन्दा पढाईमा बढी ध्यानदिन मद्दत गर्ने छ, भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएकाविद्यार्थीहरुलाई उच्चलगन, मनोवल र उत्साहका साथ व्यवसायिक करिअर शुरु गर्न हौस्याउने छ,' कोइरालाले भनिन्।
 
सम्पूर्ण छात्रवृत्ति तथा सम्मान विद्यार्थीहरुको वार्षिक परीक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो। 
 
अर्थात, अघिल्लो वर्षको वार्षिक नतिजाको आधारमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्प्युटर का १/१ उत्कृष्ट विद्यार्थी र यि तिनै संकायका छात्राहरु मध्येबाट १ उत्कृष्ट छात्रा गरि प्रत्येक व्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्ति प्राप्त गरेका हुन्। 
 
उत्कृष्टता सम्मान भने चारै वर्षका शैक्षिक नतिजाका आधारमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्प्युटर का १/१ सर्वोत्कृष्ट ठहरिएका विद्यार्थी तथा यि तिनै संकायका छात्राहरु मध्येबाट १ सर्वोत्कृष्ट ठहरिएकी छात्राले पाएका हुन्। 
 
'छात्राहरुलाई प्रोत्साहन गर्नको लागि भनेर नै एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मानमा छात्राहरुको लागि अलग्गै क्याटेगोरी राखिएको हो,' कोइरालाले भनिन्। 
 
एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ। 
 
यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस भन्ने हेतुले १३ वटा विद्यालयहरुमा ई—पुस्तकालय र ४३ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठाको निर्माण र विद्यालय व्यस्थापन र शैक्षिक सामग्री पनि प्रदान गरेको छ। जसवाट पच्चिस हजार भन्दाबढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिईरहेका छन्। 
 
एनसेलले हालसम्म शिक्षाको क्षेत्रमा ७ करोड भन्दा बढीको सहयोग गरेको छ।

No comments: