September 5 भैरहवा।
विश्वविद्यालयका विद्यार्थिहरु अनुसन्धानमूखी बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
विश्वविद्यालयका विद्यार्थिहरु अनुसन्धानमूखी बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय भैरहवा बहुमुखी क्याम्पस भैरहवा समाजशास्त्रीय
मानवशास्त्रीय विद्यार्थि समाज (सास) को चौथो अधिवेसनलाई सम्बोधनगर्ने
क्रममा बक्ताहरुले सो कुरा व्यक्त गरेका हुन् ।
अधिवेसन तथा भेलाका प्रमुख अतिथी भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस
प्रमुख डा. घनश्याम न्यौपानेले विश्वविद्यालयका विद्यार्थि पाठ्यवस्तुमा
मात्रै केन्द्रित नभइ अनुसन्धानमूखी हुनुपर्नेमा जोड दिए । उनले भने अबका
विद्यार्थिहरु स्नाकोत्तर तह पास गरेपछि अनुसन्धानबाट खारिएको हुनुपर्दछ ।
सासद्धारा सन्चालित कार्यक्रम प्रशंसनिय भएको उल्लेख गर्दै प्रमुख अतिथी
डा. न्यौपानेले अनुसन्धानकोलागी क्याम्पस प्रसासनले सबै सहयोग गर्न तयार
भएको समेत बताए ।
कार्यक्रममा विशिष्ट अतिथी समाजशास्त्रको लेक्चरर विमला पोखरेलले शिक्षा
प्रमाणपत्रकोलागी मात्रै नभएर परिपक्व ज्ञानकोलागी पनि हुनुपर्ने बताउदैं
सासले अनुसन्धानको क्रियाकलापलाई तिब्रता दिनुपर्नेमा जोड दिइन् ।
सास भैरहवा बहुमुखी क्याम्पसका संस्थापक सचिव नरेश केसीले समाजशास्त्र
मानवशास्त्र विषय अनुसन्धानमुखी भएको हुदा संस्थागत रुपमा अनुसन्धान
गर्नकोलागी समाजशास्त्रीय मानवशास्त्रीय विद्यार्थि समाज भैरहवा बहुमुखी
क्याम्पसमा गठन गरिएको बताए । सासको अध्यक्ष देवी सापकोटाको अध्यक्षतामा
सम्पन्न भेलाले प्रख्यात बन्जाडेको नेतृत्वमा नया नेतृत्व समेत चयन गरेको छ
।
जसको उपाध्यक्षमा ज्ञानुमाया पोखरेल, सचिवमा पुर्ण कवंर, कोषाध्यक्षमा
सन्धया पुन र सदस्यहरुमा संगिता पौडेल, निशा शर्मा, शारदा खनाल र शाविर खान
रहेका छन् भने बाकिं ५ जना सदस्य पछि थपिने जानकारी नवनिर्वाचि अध्यक्ष
बन्जाडेले जनाए । समाजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निवर्तमान
अध्यक्ष देवि सापकोटाले पद हस्तान्तरण गरेकी थिइन् । यसैबीच नवनिर्वाचित
पदाधिकारीले क्याम्पसमा अनुसन्धानमूलक विविध कार्यक्रम गर्ने प्रतिवद्धता
जाहेर गरेका छन् ।
सास भैरहवा बहुमुखी क्याम्पसद्धारा नेपालमै पहिलोपटक कैलालीका राजी
जातिको अनुसन्धानगगरी राजी जाति ः एक अध्ययन ,बर्दियाका चिडीमार जातिको
अध्ययन गरि चिडीमार जाति एक अध्ययन जस्ता कृति तथा जर्नल प्रकासित गरिसकेको
छ । समाजशास्त्र मानवशास्त्र विषय अध्ययन गर्ने विद्यार्थिहरुलाई
अनुसन्धानमुखी बनाउने उद्धेश्यले केन्द्रिय क्याम्पस कृर्तिपुरमा जस्तै
भैरहवा बहुमुखी क्याम्पसमा पनि समाज गठन भई सन्चालित भएको हो ।
No comments:
Post a Comment