Saturday, September 6, 2014

चोभारमा एक युवक मृत अवस्थामा

September 5 काठमाडौँ। गत भदौ १७ गते बल्खु खोलामा पौडने क्रममा डुबेर बेपत्ता भएका सरोज परियार मृत अवस्थामा शुक्रबार काठमाडौँको चोभारमा फेला परेका छन् ।
  चितवन स्थायी घर भई सुकुम्बासी बस्ती बल्खु बस्दै आएका २२ वर्षीय परियार खोलामा डुबेपछि लगातार रुपमा उनको खोजी गरिँदै आइएको थियो ।
उनलाई मृत अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका निमित्त प्रमुख चेतबहादुर पाठक नेतृत्वको टोलीले बिहान फेला पारेको हो । परियारको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

No comments: