Saturday, September 6, 2014

बाडीपीडितलाई सहयोगी हातहरु बड्दो-ईयूद्वारा पनि सवा ३ करोड सहयोग

September 5 काठमाडौं
 युरोपिययन युनियन (ईयू)ले नेपालका बाढीपिडितको सहयोगका लागि ३ करोड २२ लाख ९३ हजार (२ लाख ५० हजार युरो) उपलब्ध गराएको छ । ईयूले पश्चिमाञ्चल विकास क्षेत्रमा आएको प्राकृतिक प्रकोपबाट भएको क्षति न्यूनीकरण गर्न र बाढीपहिरोमा परेका परिवारको जीवनयापन सहज बनाउन सहयोग दिइएको जनाएको छ ।  बाढीपिडितलाई ईयूको सवा ३ करोड सहयोग
नेपालका लागी युरोपियन युनियनका राजदूत रेन्स्जी टिरिकले ईयूबाट प्राप्त सहयोग प्राकृतिक विपत्तिबाट बढी प्रभावित व्यक्ति तथा परिवार, महिला र सामाजिक रूपमा तिरस्कृत र उत्पीडित समुदायको उत्थानमा उपयोग हुने बताए । सहयोग बाँके, बर्दिया र सुर्खेतका बाढी प्रभावित ६ हजार ६ सय व्यक्तिका लागि आवश्यक खाद्यान्नसहित पकाउने भाँडा, बन्दोबस्तीका सामान, घर निर्माण र व्यक्तिगत सुरक्षामा केन्द्रित रहने ईयूको दाबी छ ।
 मानवीय सहायताका रूपमा प्राप्त सहयोग केयर नेपाल र नेपालका गैरसरकारी संस्थाहरूको संलग्नतामा उपलब्ध गराइने पनि ईयूले जनाएको छ । साउन अन्तिममा आएको बाढी पहिरोका कारण हालसम्म पश्चिम क्षेत्रमा १ सय २३ जनाको मृत्यु भएको छ भने १ सय १६ जना हराइरहेको र ६७ जना घाइते भएको तथ्यांक छ । ६ जिल्लाका २८ हजार ५ सय घरपरिवार प्रभावित भएका छन् ।

No comments: