Monday, September 15, 2014

बोगटीलाई प्रचण्ड र छोरीहरुले दिए दागबत्ति

September 15
हृदयघात र मस्तिष्कघातबाट सोमबार बिहान निधन भएका एमाओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको पार्थिव शरीरलाई प्रचण्ड र दुई छोरीहरूले दागबत्ती दिएका छन्।
पशुपति आर्यघाटमा गरिएको अन्तिम संस्कारमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले दागबत्ति दिएका हुन्।
बोगटीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले अन्तिम सलामी पनि दिएको थियो।
त्यसअघि बोगटीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडा र खुलामञ्चमा राखिएको थियो। पेरिसडाडामा एमाओवादी अध्यक्ष दाहालसहितका शीर्षनेताहरूले पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए।
खुलामञ्चमा एमाले नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादीका नेता तथा कार्यकर्ताले बोगटीप्रति श्रद्धान्जली दिएका थिए।

No comments: