Sunday, September 14, 2014

आइतबारका दैनिक पत्रिकामा बिजनेश खबर

September 14
आइतबार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले नेपाल उद्योग वाणिज्य महासंघ भित्रको विवादलाई प्राथमिकताका साथ खबर छापेका छन् ।

 कारोबार दैनिकले
 ‘महासंघका असन्तुष्टलाई कारबाही तयारी’ शीर्षकमा मुख्य खबर छापेको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा तीब्र ध्रुवकरण सुरु भएको छ । चैतमा सम्पन्न साधारणसभामा प्यानलसहित निर्वाचनमा होमिएका २ पक्षबीचको विवाद शुक्रवारदेखि सतहमै देखिएको हो । यस्तै, दुई वर्षभित्र सवा १७ अर्बको जलविद्युत सेयर, श्रम ऐन मस्यौदाका मुख्य ४ विषयमा अझै विवाद, एक अर्बमा नेपालकै लामो पुल, साधारण टेलिफोनमा जोड दिदै टेलिकम, माथिल्लो अरुणको डीपीआरमा विश्व बैंकको तीन अर्ब, लागूऔषधविरुद्ध सार्कस्तरीय संयन्त्र बनाउन पहल, साताभर नेप्से ११ अंकले घट्यो लगायतको खबर कारोबार दैनिकमा छ ।  karobar-eco

आर्थिक दैनिकले
‘उद्योग वाणिज्य महासंघमा वारपारको लडाइँ’ शीर्षकमा खबर छापेको छ । वरिष्ठ उपाध्यक्ष मुरारका समूहद्वारा अध्यक्ष प्रदीपजंग पाण्डे बर्खास्त भएको घोषणा गर्दे धुलिखेलको बैठक बहिष्कार गरेका थिए । यस्तै, २० प्रतिशतभन्दा कम विद्युत महसुल वृद्धि हुँदै, चिलिमेले १५ प्रतिशत नदग लाभांश दिने, साल्ट ट्रे्डिङको वाषिर्क कारोबार चार अर्ब ८५ करोड, परियोजनामा कृषिविज्ञलाई समेट्न आग्रह, यो साता एक अर्ब ८० करोड रुपैंयाँको सेयर कारोबार लगायतको खबर आर्थिक दैनिकमा खबर छ ।arthik-eco

 नागरिक दैनिकले
‘दोस्रो चिनियाँ जहाज आउने कहिले ?’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अझै अनिश्चित छ । यस्तै, माथिल्लो कर्णाली पीडीए वार्ता लम्बियो, उद्योग वाणिज्य महासंघको कार्यकारिणी योग्यताका प्रश्न उठाउन नपाइने, कुखुरा मासुमा कार्टेलिङ, तिब्बतबाट २० हजार भेडाच्यांग्रा ल्याइँदै लगायतका खबर नागरिक दैनिकमा खबर छ ।nagarik-eco 


अन्नपूर्ण पोष्टले
 ‘आठ हजार नौ सय किलोमिटर सडक बन्दै-पाँच वर्षभित्र सबै गाविस सडक सञ्जालमा’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले आगामी पाँच वर्षभित्र सबै गाविसमा सडक सञ्जाल विस्तार गर्ने भएको छ । यस्तै, दसैंका लागि २५ अर्ब नयाँ नोट, नयाँ श्रम गन्तब्य खोजी गर्न उच्चस्तरीय समिति गठन गरिने, उद्योग वाणिज्य महासंघको बैठकमा बोल्न पहिले हाजिरी, भारतबाट नआएपछि पूर्वमा आलुको मूल्य आकासियो लगायतका खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ । annpurna-eco

No comments: