September 6
बारा । बाबुमा इबोलाको संक्रमण भउको निराधार हल्ला फैलिएपछि बाराको सिमरास्थित एक विद्यालयले उनका छोराछोरीलाई कक्षाकोठामा छुट्टै राखेर पढाउँदै आएको छ । गढीमाई नगरपालिकास्थित सिमराका बीलबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई स्थानीय एकता पब्लिक बोर्डिङ् स्कुलले चार दिनअघिबाट कक्षा कोठामा छुट्टै कोठमा अलग्गै राखेर अध्यापन गर्दै आएको हो ।

विद्यालय प्रशासनले बालबालिकालाई विद्यालय नपठाउँन अभिभावकलाई आग्रह गर्दै आएको नेपाल समाचारपत्रमा खबर छ । इबोला संक्रमण भएको आफवाह फैलिएपछि छिमेकीले परिवारका अन्य सदस्यमाथि पनि दुब्र्यवहार तथा भेदभाव गर्न थालेका र आफूहरु पीडामा परेको बीलबहादुरले बताए ।
अफ्रिकी मुलुक कंगोमा शान्ति सेनामा खटिएर नेपाल फर्किएको केही दिनमा नै आँखा रातो भएपछि परीक्षणका लागि अस्पताल पुगेका बीलबहादुरमा इबोला संक्रमणको हल्ला फैलिएको थियो । कंगोबाट आएको थाहा पाएपछि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले उनलाई नेपाल-भारत सीमामा स्थापना गरिएको इबोला हेल्थ डेक्समा गएर स्वास्थ्य परिक्षण गर्न सल्लाह दिएका थिए ।
हेल्थ डेक्सका स्वास्थ्यकमीले जाँच गर्दा इबोलाको कुनै संक्रमण नभेटिए पनि सम्पर्कमा रहन आग्रह गरेको र डेक्सले उनलाई निगरानीमा राखेको भन्दै स्थानीय केही पत्रपत्रिकामा समाचा प्रकाशित भएपछि बीलबहादुरमाथि इबोला संक्रमण भएको निराधार हल्ला सुरु भएको थियो । शान्ति सेनामा ६ महिनाको सेवा अवधि सकाएर बीलबहादुर साउन २४ गते नेपाल फर्किएका थिए ।

No comments:
Post a Comment