Saturday, September 6, 2014

जापानमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका लागि नि:शुल्क टेलिफोन परामर्श

September 6
जापान- जापानका नेपाली समुदाय माझ अब मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम अभियान अन्तर्गत नि:शुल्क टेलिफोन परामर्श सेवाको सुरुवात हुने भएको छ | हाललाई २०१५ मार्च ३० सम्म लागु गरिएको यो सेवा प्रत्येक आइतबार बिहान ११ देखि ५ बजे सम्म उपलब्ध हुनेछ जसको निम्ति सम्पर्क नम्बर ०९०-३९०९-५९१३ रहेको छ ।
 japan
 पूर्ण गोपनियता अपनाइने भनिएको यो सेवालाई यसको प्रभावकारीता अनुसार समय थपिन सकिने बताइएको छ । बिगत केहि वर्ष देखि नेपालीहरुको लागि आकर्षक गन्तव्य बन्दै आएको जापानमा विविध उद्देश्य लिएर भित्रिएका हामी नेपालीहरुले विभिन्न समयमा विभिन्न क्षेत्रमा गरेका क्रियाकलाप वास्तव मै अन्त्यन्त प्रशंसनीय छन् । विभिन्न क्षेत्रमा भएका सकारात्मक कार्य र तिनका सफलताका बाबजुत मुलत व्यक्तिगत र पारिवारिक क्षेत्रमा साना देखि ठुला समस्याहरु बिगत देखि नदेखिएका पनि होइनन र वर्तमान परिस्थितिलाई मध्यनजर गर्ने हो भने बढेर पनि गएका छन् ।

यसरी बढ्दै गईरहेका समस्याहरु मध्ये मानसिक समस्या या मानसिक तनाव पनि एक हो । पछिल्लो केहि समय यता आत्महत्या र पारिवारिक बिग्रहका घटनाहरु बढ्दै गई रहेको हामी पाउन सक्छौं । लगभग २ वर्षको अन्तरालमा जापानमा आत्महत्या गर्ने नेपालीको संख्या १ दर्जन नाघेको छ । पछिल्लो समयमा प्रत्येक महिना जस्तो हामीले यस्ता अप्रिय घटना सुन्दै आएका छौं । आत्महत्या गर्ने संख्याको झन्डै २० गुना बढीले आत्महत्याको प्रयास तथा मनसाय बनाएका हुन्छन भन्ने कुरा विभिन्न तथ्यांकले देखाएको छ ।

जापानमा बस्ने नेपालीहरुमा बढ्दै गई रहेको आत्महत्या मात्र एउटा समस्या होइन उचित मार्ग दर्शनको अभावमा डिप्रेसन, चिन्ता, विभिन्न मानसिक आघात जस्ता समस्याले ग्रसितहरुको संख्या पनि उल्लेखनीय रुपमा बढी रहेको अनुमान हामी सहजै लगाउन सक्छौं ।

आफ्नो घर परिवार आफन्त र साथीसंगी छोडेर बिरानो ठाउँमा र परिवारको सदस्य र साथीभाई नहुँदाको पीडा विशेषत विद्यार्थी साथीहरुले भोग्दै आएका छन् | यति मात्र नभएर चाहिएको बेलामा आफ्ना मनका कुरा अभिव्यक्त गर्ने साथी नहुँदा सिपमुलक भिसा र डिपेण्डेण्ट भिसामा आउनु भएका बिदेशीहरुलाई पनि एक्लोपन विभिन्न मानसिक समस्याको कारण बनेको छ ।

तसर्थ यी र यस्तै मानसिक बिचलनसंग सम्वन्धित समस्या समाधानको आवश्यकतालाई ध्यानमा राखेर मानसिक स्वास्थ्य परामर्श सेवाको स्थापना गर्न गई रहेका छौं | सबै जापानबासी नेपालीहरुको निम्ति आफ़्नो मनको कुरा व्यक्त गर्ने थलो बन्ने छ भन्ने आशाका साथ यो सेवा सुरु गर्न लागिएको हो ।

 यो सेवा मानशिक समस्याको परामर्श मात्र नभएर जापानमा एउटा साथीको रुपमा विकास हुने छ भन्ने आशा राखिएको छ । जुन सेवा हाललाई नि:शुल्क टेलिफोन परामर्श सेवाको रुपमा सुचारु गरिने छ र परामर्श लिन चाहनु हुनेले प्रत्येक हप्ताको आइतबार बिहान ११ बजे देखि अपराह्न ५ बजे सम्म सम्पर्क गरि आफ्ना समस्याहरु बताउन सक्नु हुनेछ |

No comments: