Monday, September 1, 2014

९५ लाखको ताज सहित म्यान्मारकी सुन्दरी बेपत्ता


September 1 

नेपाल लगाएत विश्वमा नै सौन्दर्यको विभिन्न प्रतियोगिताहरु हुने गरेका छन |बिशेसगरि महिला सौन्दर्यताको प्रतियोगिता बढी नै हुन्छन |त्यसमा सबै भन्दा ठुलो र महत्वपुर्ण भनेको मुकुट अर्थात् ताज हो |आफ्नो अवधि सकेसी त्यो ताज फेरी अर्कोलाई लगाईदिनु पर्छ |यसै गरि अगाडी बढ्ने यो प्रक्रियामा म्यान्मारकी एक सुन्दरीले सबैलाई चकित पारेकी छन । myanmar-noeउनि आफुले जितेको करिव ९५ लाख बरावरको ताज सहित सम्पर्क बिहिन बनेकी छन | १८ वर्षीया मे मायट नोईले गत मे महिनामा सोलमा आयोजित मिस एसिया प्यासिफिक – २०१४ को उपाधि जितेकी थिइन् । तर उनलाई आयोजक माथि खराव व्यवहार गरेको लागेको थियो |त्यहि आरोपका कारण उनको उपाधि फिर्ता गरिएको थियो तर ताज भने उनि संगै थियो |उनि अहिले त्यहि ताज बोकेर फरार भएकी छन | ‘नोईको व्यक्तित्व देखेर हामीले उनलाई अझ राम्री बनाउन चाहेका थियौँ । हामीले उनको ‘ब्रेस्ट सर्जरी’ पनि गराएका थियौँ र यात्राको अतिरिक्त खर्च व्यवहोरेका थियौँ ।’प्रतियोगिता आयोजक डेभिड किम ले भनेका छन तर उनि अहिले आफ्नो मोबाइल फोन पनि स्विच अफ गरेर बेपत्ता भएकी छन । ब्यूटी क्विनको क्राउन लिएर भागेपछि प्रतियोगिताको वेभसाइटबाट अब उनको नाम हटाइएको छ ।

No comments: