Monday, September 1, 2014

छोराको मृत्युको खबरले बुबाको हृदयघातबाट मृत्यु


September 1
सिरहाको बेल्हा–१ मा आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु भएको खबर पाएर खिरौना–३ का नन्दकुमार मण्डलको हृदयघात भएर मृत्यु भएको छ । दुर्घटनामा खिरौना–३ का ३० वर्षीय रामनारायण मण्डलको मृत्यु भयो भने सोही गाविसको वडा नं ७ का आयुषोत्तम मण्डल गम्भीर घाइते भए । आयुषोतम घाइतेमात्र भए पनि एक व्यक्तिले फोन गरेर मृत्यु भएको गलत खबर नन्दकुमारलाई दिएका थिए । नापी कार्यालय सिरहाका कर्मचारी रहेका नन्दकुमार छोरालाई हेर्न आउँदा जिल्ला अस्पताल अगाडि छाती अचानक दुखेर हृदयघात भएको थियो । उपचारका लागि धरान लैजाने क्रममा आइतबार राति बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरबाट मिर्चैयातर्फ स३प २८३९ नम्बरको मोटरसाइकलमा जाँदै गरेको समयमा तीव्र गतिमा आएको स१त ३८३७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो । मोटरसाइकल पछाडि बसेका रामनारायणलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएको मोटरसाइकल चालक आयुषोत्तमको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments: