जारी छ बलिउड सेलिब्रेटीलाइ अन्डरवल्डको धम्कि
September 1
केहि समय अगाडी बलिउडका चर्चित कलाकार शाहरुख खानलाई अन्डरवल्डबाट धम्की आएको थियो ।
अहिले पछिल्लो समयमा त्यो क्रम फेरी दोहोरिएको छ | शाहरुख लाइ धम्काउने अन्डरवल्ड डन रवि पूजारीले अर्का बलिउड कलाकार बोमन इरानीलाई धम्काएका हुन् |
रबि पुजारीले बोमनलाई फोन बाट धम्कि दिएका हुन् |अहिले सुरक्षाकर्मीले उनलाई सुरक्षा दिएको छ |मुम्बई प्रहरीका अनुसार रबि पुजारीको बारेमा थप अनुसन्धान भईरहेको छ |धम्कि किन आयो भन्ने बारेमा पनि अनुसन्धान भएको बुझिएको छ |
रविले केहि समय अगाडी फिल्म निर्माता अली मोरानीको घर अगाडि गोली चलाएका थिए।बोमनको निकै ठुलो आस गरिएको फिल्म ‘ह्यापी न्यू इयर’ आगामी अक्टुबर २३ मा रिलिज हुँदैछ। बोमन ‘मुन्ना भाइ एमबिबिएस’ तथा थ्रि इडियट्स सिनेमाका लागि चर्चित छन। रविले किन फिल्म संग सम्बन्धित व्यक्तिहरुलाइ मात्र निसाना गरेका हुन् भन्ने बिषयमा केहि थाहा पाउन सकिएको छैन |
No comments:
Post a Comment