Monday, September 1, 2014

जापानमा स्याङ्ग्जा समाजको प्रथम अधिवेशनसँगै तीज विशेष कार्यक्रम सम्पन्न

September 1मुक्ती सुबेदी/टोकियो

 विभिन्न संस्थाहरुद्वारा आयोजित तिज कार्यक्रमसँगै यस वर्षको जापानको अन्तिम दिन स्याङ्ग्जा समाज जापानले आयोजना गरेको स्याङ्ग्जाका अति पिछडिएका र गरिब विद्यार्थीहरुको निम्ती छात्रवृती कोष निर्माणमा सहयोगार्थ आयोजित स्याङ्ग्जा समाज जापानको प्रथम अधिवेशन तथा तिज समापन सांस्कृतिक कार्यक्रम जापान टोकियोस्थित इकेबुकुरो कुमिन सेन्टरमा सम्पन्न भएको छ ।syangja-samaj उक्त कार्यक्रममा राष्ट्रिय कलाकार खुमन अधिकारी, रमिला न्यौपाने र कला पङ्गेनीको सहभागीतामा सम्पन्न भएको हो । जापानमा आएर आफु सम्मानित हुन पाएकोमा निकै खुशीको महसुस भएको भन्दै गायक खुमन अधिकारीले आफ्नै गाउँघरको सम्झना आएको बताए । उनले भने,- मलाई आफ्नै गाउँमा कार्यक्रम गरेको महसुस भइरहेको छ, विदेशमा व्यस्तता हुँदाहुँदै पनि उत्साहजनक सहभागीता रहेकोमा स्याङ्ग्जा समाज जापानलाई धन्यवाद प्रकट गरे । यो वर्षको जापानको आफ्नो कार्यक्रम अत्यन्तै सफल भएको भन्दै जापानवासी सम्पूर्ण नेपालीहरुलाई धन्यवाद प्रकट गरे । एनआरएन आईसिसी उपाध्यक्ष भवन भट्ट, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ल, भुबन अधिकारी लगायत विभिन्न संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । यससगै स्याङ्ग्जा समाज जापानको सदस्यीय टिमको गठन भएको छ, जसमा २८ जना नयाँ कार्यसमीतीमा अध्यक्ष – जिबन न्यौपाने, उपाध्यक्ष – सागरमणि भण्डारी, जिवन अर्याल, महासचिव- नरेश बहादुर जि.सी, सचिव तथा प्रवक्ता- मुक्ति सुवेदी, शालिकराम काफ्ले, कोष संरक्षक – ध्रुब ज्ञवाली, कोषाध्यक्ष – सुरेश रेग्मी, सह-कोषाध्यक्ष – योगेन थापा रहेका छन् | त्यस्तै, सदस्यहरुमा- भक्त खत्रि, पिताम्बर चापागाइ, प्रदीप सेन, रोशन प्रताप क्षत्री, सन्जिव गुरुंग, टोम गुरुंग, बेद बहादुर कार्की, पोशक न्यौपाने, नारायन न्योपाने, बरिष्ठ सल्लाहकार- भिम न्योपाने, सल्लाहकारहरु:-दिनेश गुरुङ्ग, कपिलदेव न्यौपाने, देवीलाल भण्डारी, नबिन थापा, आर्थिक सल्लाहकारहरुमा थान बहादुर राना, तारा गौडेल रहेका छन् | यसैगरी, माहिला सदस्यहरुमा गीता न्यौपाने, कल्पना जि.सी, सुशीला क्षेत्री र अमृता बस्नेत पनि रहेका छन् । उठेको पैसाको विषयमा छिट्टै मिटिङ्ग बसेर टुङ्गो लगाइने अध्यक्ष जिबन न्यौपानेले बताए । सागर भण्डारीको स्वागत मन्तव्य, जीवन अर्यालको कार्यक्रम सन्चालन रहेको उक्त कार्यक्रममा दर्शकको उल्लेखनिय सहभागीता रहेको थियो ।

No comments: