Monday, September 1, 2014

एनआरएन कोरियाबाट १८ लाख संकलन

September 1

सुनकोसी बाढीपीडितको सहयोगार्थ एनआरएन कोरियाले १८ लाख रुपैयाँ राहत संकलन गरेको छ। सिओलमा आइतबार पत्रकार सम्मेलन गरी उसले १ करोड ३७ लाख कोरियन वन संकलन भएको जनाएको हो। एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरले सुनकोसी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरिने जानकारी दिए । पीडितसम्म रकम पठाउने गृहकार्य भइरहेको र रकम चाँडै नेपालमा हस्तान्तरण गरिने उनले जनाए। कोरियामा रहेका ४० भन्दा बढी संघसंस्था तथा समुदायको सामूहिक प्रयासमा यो रकम संकलन भएको हो। यसबाहेक पनि केही रकम संकलनको क्रममा रहेको र केहीले रकम जम्मा गर्ने जानकारी दिएको कुँवरले जानकारी दिए । कोरियाको नेपाल योङ स्टार ग्रुपले सबैभन्दा बढी ३ लाख ५० हजार रकम हस्तान्तरण गरेको थियो। कोरियामा रहेका एनआरएन क्षेत्रीय समितिहरू, इपिएस छिन्गु, ख्वावान्जु, जनअधिकार मञ्च, क्रियटिभ एम्बिसन नेपाल (किम्फो), प्रवासी नेपाली मञ्च ९ओएनएफ०लगायत ४० संघसंस्थाले रकम सहयोग गरेको एनआएरएन कोरियाले जनाएको छ ।

No comments: