निखिलको “भैरव” मा रेखाले कम्मर मर्काउने
September 1
कुनै जमाना त्यस्तो थियो जुन बेला फिल्म चल्नलाई निखिलकै आवस्यकता हुन्थ्यो |तर समय संगै उनको विकल्पहरु देखिन थाले |अनि संचितालाई बिवाह गरि भारत तिर लगेपछि उनको उपस्थिति लगभग सुन्य जस्ता भयो चलचित्र क्षेत्रको लागि |एक्सन हिरोको छबि बनाएका उनै निखिल अब फेरी आउदैछन नेपाली चलचित्र “भैरव” लिएर |
अनि अर्को अनौठो कुरा के छ भने लामो समय सम्म एक अर्कासंग बोलचाल सम्म नभएका निखिल र रेखा थापा पनि यो चलचित्रमा संगै काम गर्दै छन |रेखाले चलचित्रमा कम्मर मर्काउने छिन |रेखाले निखिलको चलचित्रको गीतमा आइटम नृत्य गर्ने भएकी छिन् ।
“भैरव” लाई निखिल आफैले निर्देशन समेत गर्दैछन | चलचित्रको छायांकन सर्लाहीका विभिन्न क्षेत्रमा गरिने बताइएको छ ।उक्त चलचित्रमा सुरेश अधिकारीको संगीत, कृष्ण थापाको छायांकन, हिमाल केसीको द्वन्द्व रहेनछ ।चलचित्रमा नेपाल भरतमा हुने तस्करीको बिषयलाई प्रस्तुत गर्न खोजिएको छ भने निखिल यसमा प्रहरीको भुबिका निर्वाह गर्दैछन उनको जोडीको रुपमा अनु शाह देखिदैछिन |
No comments:
Post a Comment