Thursday, September 11, 2014

किर्ते गरेर पैसा झिक्छन् सभासद्

September 11
काठमाडौं । संविधानसभा निर्वाचनमा जनमोर्चा कार्यकर्तासँग झडप हुँदा बाग्लुङका कांग्रेस कार्यकर्ता टेकबहादुर रानामगर घाइते भए ।

तत्कालीन सरकारले उपचार खर्च बेहोर्ने घोषणा गरेअनुसार स्वास्थ्य मन्त्रालयले उनका नाममा १ लाख ५१ हृजार ८ सय ५८ रुपैयाँ निकासा गर्‍यो । टेकबहादुर अहिले पनि आफ्नै खर्चमा उपचार गराइरहेका छन् । आफ्नो नाममा उपचार खर्चबापतको रकम निकासा भएको उनले सुनेका त छन् तर पाएका भने छैनन् ।

 कहाँ गयो त त्यो रकम ? बाग्लुङका घाइते कार्यकर्ताको उपचारका लागि निकासा रकम त्यहाँका कांग्रेस सभासद प्रकाश शर्मा पौडेलले किर्ते गरी बुझेको पाइएको नागरिकमा खबर छ । पौडेल बाग्लुङ २ का निर्वाचित सभासद हुन् ।

उनले टेकबहादुरसहित झडपमा परी घाइते भएका नौ जनाकोउपचार खर्चबापत ४ लाख ७९ हजार ८ सय ८५ रुपैयाँ आफैंले बुझेका हुन् । नेपाल राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीको चेक नम्बकर २६९८१४२ बाट उक्त रकम बुझेको पाइएको छ ।

 संविधानसभा निर्वाचन क्रममा २०७० मंसिर २ र ३ गते भएको झडपमा बाग्लुङ जैदीका कांग्रेस कार्यकर्ता केदारनाथ उपाध्याय, नर्वदादेवी शर्मा, प्रेम सुवेदी, रामु शर्मा, हरिहर शर्मा र पैयुथन्थानमा भएको भडपमा टेकबहादुर राना, दयाराम सापकोटा, नन्दीकेशर पाध्या र नरजंग राना गरी नौ जना घाइते भएका थिए ।

 त्यसमध्ये केहीको हातखुट्टा भाँचिएको थियो भने केहीको आँखा फुटेका थिए । पीडितहरुले आफूले पाउनुपर्ने रकम थाहै नदिई बुझेको भन्दै सभासद पौडेलविरुद्ध कांग्रेस उपसभापति रामचन्द्र पौडेलसमक्ष उजुरी गरेका छन् ।

No comments: