September 7
बन्ने भो ‘होस्टेल रिटन्स’, छैनन् अनमोल र सलोन hostel-returns गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘होस्टेल’को सिक्वेल बन्ने भएको छ । ‘होस्टेल रिटन्स’ नाम दिइएको चलचित्रको छायांकन असोज २१ गतेबाट सुरु हुनेछ । यो सिनेमालाई ‘मौन’ चलचित्रका निर्देशक सुरज भुषालले निर्देशन गर्नेछन् ।

बुटवलबाट छायांकन सुरु हुने चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदिपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठको मुख्य भूमिका रहनेछ । यो चलचित्रमा ‘होस्टेल’का कुनै पनि कलाकारलाई दोहोर्याइएको छैन ।
चलचित्रमा होस्टेलको कथा, मित्रता र प्रेमलाई चित्रित गरिने निर्माता सुनिल रावलले जानकारी दिएका छन् । ‘लभ नम्बर’को छायांकनलाई केही पछि सार्दै ‘होस्टेल रिटन्स’लाई अगाडि सारिएको हो ।
‘सायद र होस्टेल’ जस्ता हिट सिनेमा दिएसँगै दुर्गिस फिल्मस् चर्चाको शिखरमा छ । उसो त नेपालमा ‘नाई नभन्नु ‘को बाहेक अन्य चलचित्रका सिक्वेल सफल छैनन् । यसैले पनि ‘होस्टेल रिटन्स’ सुनिल रावल र उनको टिमका लागि चुनौती र अवसर दुबै हो ।

No comments:
Post a Comment