September 7
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र महिला जनचेतना नामक संस्थाले सहयोग प्रदान गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष कपिलप्रसाद अधिकारीले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।
त्यसैगरि, आजै काठमाडौं पिङचोक महिला जनचेतना समाजका सदस्य तथा सहृदयीहरुबाट जुटाएको २८ हजार २ सय १५ रुपैयाँको चेक समाजका अध्यक्ष गंगाबाबा शाहीले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्रीले विपद्मा परेका नागरिकलाई सहयोग गर्न सरकारलाई सघाउने सहृदयी दाताहरुलाई धन्यवाद दिए । उनले कोषमा आएको रकमको सही उपयोग गरिने र बास्तविक पीडितहरुलाई नै सहयोग पुग्ने विश्वास पनि दिलाए ।
प्रधानमन्त्री कोइरालाले बाढी पहिरो पीडित क्षेत्रमा उद्धार, राहत र पुनस्थापना कार्यको समन्वय गर्न खटिएका वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले केही दिन अगाडि नै पीडितहरुको लागि ५ दिनभन्दा बढी खाद्यान्न नरहेको प्रतिवेदन दिएकाले यस्तो सहयोग अपेक्षित रहेको पनि बताएका छन् ।

No comments:
Post a Comment