Sunday, September 7, 2014

सबै गीतकार विचरा छन् : दिनेश अधिकारी

September 7
गीतकार दिनेश अधिकारीको १५ औं गीति एल्बम बजारमा आएको छ । पछिल्लो एल्बमको नाम ‘निखिता’ राखेका अधिकारी यस एल्बममा तीन पिंढीका संगीतकर्मीको उपस्थिती छ ।
अधिकारीको शब्द, हरी लम्सालको संगीत र निखिता थापाको स्वर रहेको छ एल्बममा । गीतकार अधिकारीलाई पहिलो पिंढीका मान्ने हो भने गीतकार हरी लम्साल दोस्रो र गायिका निखिता थापा तेस्रो पिंढीका मानिन्छन् ।

 विभिन्न पिंढीका ब्यक्तिहरु बसेर गरेको कुनै पनि काम परिपक्व हुन्छ जस्तो लाग्छ उनलाई । पछिल्लो एल्बम निखितामा तीन पिंढीको समिश्रण भएको बताउने अधिकारी एल्बमको प्रभाव राम्रै हुने धारणा राख्छन् । उनै अधिकारीसंग घटना र बिचारले गरेको छोटो कुरकानी :

एउटा एल्बममा तीन पिंढीको संलग्नता कसरि सम्भव भयो ?
बद्लिदो समय संगै धेरै कुरा परिवर्तन हुँदै जान्छ । गीत संगीतमा पनि त्यही नियन लागु हुन्छ । मलाई लाग्थ्यो दुई तीन पिंढीका मान्छेहरु मिलेर केही गर्‍यो भने राम्रै हुन्छ । मेरो निखिताको परिवारसंग पुरानै सम्बन्ध थियो । गीतकै विषयमा कुरा हुँदै गर्दा संगीतकार हरि लम्सालले पनि निखिताको स्वरको तारिफ गर्नु भयो । यो एल्बम यसकारण पनि राम्रो भयो । मैले नयाँ पिढीकी गायिका मार्फत अहिलेका पुस्ताका केही कुरा थाह पाए भने गायिकाले नेपाली गीत संगीतका वारेमा केही बुझिन ।  

तीनै पिंढीलाई चित्त बुझने गरि गीत कसरि छान्नुु भयो ?
गीतका विषयमा मैले कसैलाई कुनै दबाब दिईन् । निखिता आफैमा गम्भिर खालकी गायिका थिईन् भने उनि यहि एल्बम मार्फत संगीतमा पहिचान स्थापना होस् भन्ने चाहन्थिन् । हरेक गीत फरक ढंगको होस् भन्ने चाहना हामी सबैको थियो । विभिन्न पुस्तालाई मनपर्ने गीत चाहिन्छ भन्नेमा हामी सबै सहमत थियौं ।

नेपालमा गीतकारको स्थिती कस्तो छ ?
प्रतिलीपी अधिकार, रोएल्टी, म्युजिक कम्पनिले गर्ने ब्यबहार, कतिपय अवस्थामा गायक गायिकावाट हुने ब्यबहार र हाम्रो सार्वजनिक सञ्चार माध्यमले गर्ने ब्यबहार देख्दा गीतकारको अगाडी बिचरा भन्ने शब्द जोड्नैपर्छ । मेरै कुरा गर्नुहुन्छ भने कबिता लेखेर बरु कमाई भयो होला, गीत लेखेर कति कमाई भयो सोच्नैपर्छ ।

No comments: