Sunday, September 7, 2014

साना दलहरुले बनाए रारा मञ्च

September 7
काठमाडौं । संविधानसभामा रहेका साना दलहरुले मोर्चा बन्दी गर्दै राष्ट्रिय राजनीतिक मञ्च (रारा मञ्च) गठन गरेका छन् । रारा मञ्चमा नेकपा संयुक्त, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी र स्वतन्त्र दुई सभासद छन् ।
 National-Political-Forum
 चार दल र स्वतन्त्र सभासद गरी कुल ९ सभासद हुनेछ । ‘साझा सवालमा संविधानसभादेखि संसद र सडकसम्म सहकार्य गर्ने गरी मञ्च गठन गरिएको हो’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले अनलाइनखबरसँग भने ।

उनका अनुसार यसमा साना दलहरु थपिँदै जानेछन् । मञ्चको नेतृत्व आलोपालो हुनेछ । परिर्वतनको उपलब्धिहरुलाई संस्थागत गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइ संविधान लोकतान्त्रिक संविधान बनाउने र राष्ट्रिय तथा जनसरोकारका विषयमा सहकार्य गरी अघि बढ्ने उद्देश्यले मञ्च गठन गरिएको नेताहरुले बताएका छन् ।

No comments: