Sunday, September 14, 2014

लागू औषध तस्करी रोक्न सार्क राष्ट्रमा संयुक्त डाटाबेस सञ्चालन गरिने

September 14
काठमाडौ । अवैध लागूऔषध कारोबार नियन्त्रणलाई प्रभावकारी बनाउन दक्षिण एसियामा एउटै डाटाबेस राख्ने प्रस्ताव गरिएको छ । लागूऔषध नियन्त्रण ब्युरो काठमाडौ र भारतको नयाँ दिल्लीस्थित लागूऔषध नियन्त्रणमा कार्यरत अमेरिकी संस्था डीईएको संयुक्त आयोजनामा भएको बैठकबाट नेपालमा डाटाबेस राखेर नियन्त्रण गर्ने निर्णय गरेको हो ।
 Saarc
 दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)सम्मेलन पनि नेपालमै हुने र त्यसको तयारीका लागि गृहमन्त्रीस्तरीय बैठक हुने पूर्व सन्ध्यामा भएको दिल्ली बैठकले दक्षिण एसियाका मुलुकबीचमा एकै डाटाबेस भए अपराधी नियन्त्रण गर्न सहज हुने निर्णय गर्दै सो प्रस्ताव गरेको थियो ।

सार्क सम्मेलनको तयारीको क्रममा नेपालमा सार्क क्षेत्रका गृहमन्त्रीस्तरीय बैठकमा समेत प्रमुख एजेण्डाका रुपमा रहेको लागूऔषध नियन्त्रणका लागि ब्युरोले सो प्रस्ताव गरेकेा राजधानी दैनिकमा खबर छ । गृहमन्त्रीस्तरीय बैठक आगामी ३ असोजमा काठमाडौमा हुदैछ ।

 लागूऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रणबहादुर दन्दले बैठक सम्पन्न भएको स्वीकार गर्दै दक्षिण एसियामा नेपाललाई तस्करले ट्रान्जिट प्वाईन्ट बनाएकोले अपराधी नियन्त्रण गर्न संयुक्त डाटाबेस राख्ने प्रस्ताव गरिएको बताए ।

No comments: