September 14
, काठमाडौं । पाँच जनासम्मको परिवारलाई प्रतिसदस्य वाषिर्क पाँच सय रुपैयाँ बुझाए वर्षमा ५० हजार रुपियाँसम्मको उपचार निःशुल्क हुने व्यवस्था सरकारले गरेको छ । यसै वर्षबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम सरकारले एक व्यक्ति बराबर वाषिर्क पाँचसय प्रिमियममा स्वास्थ्य बीमा गर्ने प्रस्ताव गरेको हो । वाषिर्क पाँचसय तिर्न नसक्ने परिवारका लागि भने सरकारले नै स्वास्थ्य बीमावापतको रकम तिरिदिने व्यवस्था स्वास्थ्य बीमा निर्देशिकामा छ ।
आफूले तिरेको स्वास्थ्य बीमावापतको वाषिर्क पाँचसय रकम कुनै व्यक्तिले उपचार नगराए फिर्ता भने नहुने गोरखापत्रमा खबर छ । स्वास्थ्य मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले यो वर्षबाट इलाम, बाग्लुङ र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने जानकारी दिए । पाँच सदस्य भएको परिवारलाई एक युनिट मानेर राष्ट्रिय बीमा कार्यक्रम ल्याइएको सहसचिव अधिकारीले जानकारी दिए ।
‘स्वास्थ्य बीमा लागू भएको जिल्लाको अनुभवबाट अन्य जिल्लामा विस्तारै लागू हुँदै जानेछ,’ उनले भने । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम अनुसार तीन जनाको परिवार भए पनि न्यूनतम २५ सय रुपैयाँ बुझाउनै पर्छ । तीन जनाको २५ सय प्रिमियम बुझाएको खण्डमा ५० हजारसम्मको उपचार खर्च सरकारले बेहोर्छ । पाँच जनाभन्दा बढीको परिवार छ भने प्रतिसदस्य वाषिर्क पाँच सयका दरले स्वास्थ्य बीमा रकम तिर्नुपर्ने व्यवस्था मन्त्रालयले गरेको छ ।

No comments:
Post a Comment