Sunday, September 14, 2014

निराश भएर फर्किए नेविसंघका प्रतिनिधि

September 14
काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन उद्घाटनको अघिल्लो दिन स्थगित भएको छ । स्थगित भएको सूचना पाएपछि प्रतिनिधिहरु निराश र आक्रोशित बनेर फर्कन थालेका छन् । काठमाडौं आउँदै गरेका प्रतिनिधि भने बीचबाटोबाटै फर्केका छन् ।
 nebisang
 नेविसंघ महाधिवेशन आइतबारदेखि मंगलबार पूर्वघोषणा थियो । तर, विभिन्न जिल्ला र क्याम्पसमा विवाद तथा व्यवस्थापन तयारी पूरा नभएका कारण स्थगित भएको महाधिवेशन प्रचारप्रसार समिति संयोजक मोतीलाल भण्डारीले बताएको नयाँ पत्रिकामा खबर छ ।

भण्डारीका अनुसार महाधिवेशनमा सहभागी हुन देशभरबाट झन्डै सात सय प्रतिनिधि काठमाडौं आइसकेका थिए ।

No comments: