September 9
इलाम । तपाई हामीले पिउने चियाको मूल्य सामान्यतः प्रतिकप १० देखि २० रुपैयाँ पर्छ । त्यो चिया प्रतिकिलो दुई/चार सय रुपैयाँमा सजिलै किन्न पाइन्छ । तर, एउटा भारतीय उद्योगले अपत्यारिलो मूल्यमा चिया बिक्री गर्दैछ ।
विषादी प्रयोगले तेस्रो मुलुकमा नेपाली चियाको बजार ओरालो लागिरहेका बेला नजिकैको खरसाङस्थित मकैबारी टी स्टेटले भने एक किलो चिया झण्डै एक लाख ८० हजार रुपैयाँमा बेच्न लागेको हो । संसारको सबैभन्दा महंगो चिया खपत हुने भारतले नै सबैभन्दा महँगो चिया उत्पादन गरिरहेको यसबाट पुष्टि भएको छ ।
भर्खरै भारतीय सञ्चारमाध्यममा प्राथमिकताकासाथ प्रकाशित समाचारअनुसार, खरसाङको मकैबारी टी स्टेटले प्रतिकिलो एक हजार आठसय ५० डलर -नेपाली रुपैयाँ करिब एक लाख ७८ हजार)मा चिया बेच्न लागेको नागरिक दैनिकमा खबर छ । जापान, बेलायत र अमेरिकामा त्यहाँको चियाको उच्च माग छ ।
‘विदेशबाट एक किलो चियालाई यत्तिका मूल्य हाल्न राजी हुँदै अर्डर गरिनु खुसीको कुरा हो,’ भारतीय टी बोर्डका अध्यक्ष सिद्धार्थले भनेका छन्, ‘यसले चियनमा मकैबारी टी स्टेटसँगै सिंगा भारतको नाम चम्किएको छ ।’

No comments:
Post a Comment