Tuesday, September 9, 2014

मजदुरमा घट्यो माओवादी मोह, तीन लाखले लिएको सदस्यता ४० हजारमा सीमित

September 9
काठमाडौ । एकीकृत नेकपा माओवादीप्रति मजदुरको आकर्षण स्वात्तै घटेको पाइएको छ । कुनै समय तीन लाख हाराहारी मजदुर सदस्य रहेको भनिएको पार्टी निकट मजदुर संगठनमा अहिले ४० हजार मात्र संगठित छन् ।
 छैठौं महाधिवेशन तयारीमा रहेको अखिल नेपाल ट्रेड युनियन महासंघमा ४० हजार मजदुरले मात्र सदस्यता नविकरण गराएको विवरण केन्द्रीय कार्यालयमा पठाइएको छ । भदौ २९-३१ मा राजधानीमा सम्पन्न हुने महाधिवेशन तयारीको क्रममा सदस्यता नविकरण गरेका केहीको मात्र विवरण आउन बाँकी रहेको संगठनले जनाएको नागरिक दैनिकमा खबर छ ।
  सशस्त्र द्वन्द्व समाप्त गरेर शान्ति प्रक्रियामा आएपछि तलब बढाउन तथा अन्य सुविधा दिलाउन माओवादी मजदुर संगठनले खेलेको भूमिकाका कारण मजदुरको आकर्षण बढेको थियो । तर मजदुरको आकर्षण सात वर्षको अन्तरालमा अप्रत्याशित घट्दो देखिएको छ ।
 महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले अहिले सम्म ४० हजार मजदुरले सदस्यता नविकरण गरेको जानकारी दिदै केही स्थानबाट विवरण आउन बाँकी रहेको जानकारी दिए । विगतमा माओवादीले विभिन्न सभा गर्दा मजदुरलाई नै मुख्य रुपमा सडकमा उतार्ने गरेको थियो ।

No comments: