Sunday, September 7, 2014

अशोक राईको युथफोर्समा गोर्खा सैनिकदेखि माओवादी लडाकूसम्म - एमालेको नक्कल गर्दै 'संघीय युथ फोर्स' गठन

September 7
काठमाडौं । संघीय समाजवादी पार्टीले ‘पहिचानसहितको संघीयता’का लागि भन्दै युवा दस्ता बनाउन सुरु गरेको छ । यसको सुरुवात कास्कीबाट भएको छ । तमुवान प्राप्तिका लागि भन्दै कृष्ण तामाङको अध्यक्षतामा संयीय तमुवान युथ फोर्स कास्की गठन भएको छ ।

गठित फोर्समा पूर्व बेलायती सेना, भारतीय सेना, नेपाली सेना, जनमुक्ति सेना समेत रहेको बताइएको छ । तामाङले तमुवान प्राप्तिका लागि शरीरमा एक थोपा रगत रहेसम्म संघर्षरत गर्ने बताए । फोर्सलाई बिस्तार गरेर तमुवान क्षेत्रको गाउँ गाँउमा पुर्याउने उनको भनाइ छ ।

संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठ देशभरि नै संघीय युथ भोलेन्टियर बनाउने नीति रहेको बताउँछन् । उनका अनुसार केन्द्रमा संघीय युथ फोर्स बनिसकेको छैन । ‘जिल्लाहरुबाट बन्ने क्रम सुरु भएको छ,’ उनले भने ।

 एमालेको नक्कल
एमाले छाडेका अशोक राई नेतृत्वमा बनेको संघीय समाजवादीका नेताहरुमा एमालेको धङधङ्गीले भने हटेको छैन भन्ने युथ फोर्स गठनले देखाएको छ । एमालेले युवा संघको माहतहमा रहने गरी युथ फोर्स बनाएको थियो । अहिले संघीय समाववादीले एमालेमा रहेको संगठनको नाम अगाडि संघीय थप्दै यस्तै संगठन बनाएको छ । पछिल्लोपटक गठन भएको संघीय युथ फोर्स पनि त्यस्तै हो । ‘एमाले युवा संघले युथ फोर्स बनाएको थियो । हाम्रो संघीय युथ फोर्स पनि त्यस्तै युवा संघको मतहतमा रहन्छ’ एक नेताले भने ।

No comments: