Thursday, September 4, 2014

साताको अन्तिम दिन पनि १२ अंकले घट्यो नेप्से

September 4
काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटेको नेप्से बिहीबार १२.२७ अंकले घटेर परिसूचक ९२१.६९ अंकमा झरेको छ । प्रिसूचक घटेपछि त्यसको प्रभाव कारोबारमा पनि परेको छ । यो दिन १ सय ३३ कम्पनीका ८ लाख ६३ हजार कित्ता सेयर ३९ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

 बिहीबारको कारोबारबाट उत्पादनमुल समुहबाहेक सबै समुहगत सूचकहरु घटेका छन् । उत्पादनमुल समुहको सूचक भने ३७ अंकले बढेको छ । वाणिज्य बैंक समुहको सूचक १३ अंकले घटेको छ । यो समुहको मात्रै २२ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी होटल समुहको सूचक ५९ अंकले, विकास बैंक समुहको १५ अंकले, जलविद्युत समुहको ४० अंकले, वित्त कम्पनी समुहको ५ अंकले र बीमा समुहको ४३ सूचक ४३ अंकले घटेका छन् । लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेकाकाले नेप्से घटेको विश्लेशकहरुले बताउँदै आएका छन् ।

No comments: