Thursday, September 4, 2014

तरुण दलको महाधिवेशन मंसिर दोस्रो साता

September 4
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन अगामी मंसिर दोस्रो साता हुने भएको छ । तरुण दलका अध्यक्ष उदय शमशेर राणाले बिहीबार पत्रकार सम्मेलन गरी मंसिरको १०, ११ र १२ गते चौथो राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए ।

 तरुण दलले महाधिवेशनको कार्यतालिका समेत सार्जनिक गरको छ । असोज ५ भित्र पूर्णकालिन सदस्यता वितरण गरिसक्नुपर्ने, असोज ६ देखि १४ सम्म गाउ-नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, असोज २२ देखि ३० भित्र क्षेत्रिय अधिवशेन सम्पन्न गरिनुपर्ने, कार्त्तिक १५ देखि २५ भित्र जिल्ला अधिवेशन सम्पन्न गरिनुपर्ने कार्यतालिका छ । महाधिवेशन सम्पन्न गर्न राणाको संयोजकत्वमा मूल आयोजक समिति, वरिष्ठ अधिवक्ता बाबुराजा जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको तरुण दलले जनाएको छ ।

No comments: