Friday, September 5, 2014

दशैंमा निगमको ४७ वटा अतिरिक्त उडान

September 5
काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंमा आन्तरिक उडान संख्या बढाउने भएको छ । दशैंमा हुने यात्रुहरुको भिडलाई मध्यनजर गर्दै निगमले ४७ वटा दुईतर्फी अतिरिक्त उडान भर्ने भएको हो ।
 Nepal-Airlines
 अहिले निगमले हप्तामा ९४ वटा दुईतर्फी नियमित उडान भर्दै आएको छ । उडान थप गरेसँगै निगमले हप्तामा १४१ वटा दुईतर्फी उडान गर्ने भएको छ ।

निमगले अशोज ७ गतेदेखि टिकाको दिन १७ गतेसम्म अतिरिक्त उडान गर्ने जानकारी दिएको छ । अतिरिक्त उडान गर्दा यात्रुहरुमा केही राहत पुग्ने विश्वास निगमले लिएको छ ।

No comments: