September 5
, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभालाई पनि असफल बनाउने तत्व र शक्तिका प्रयासलाई असफल बनाइने बताएका छन् ।
विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय बैठकको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले तोकिएको समयमा लोकतान्त्रिक संविधान जारी गराउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । पहिलो संविधानसभा असफल भएपछि मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक संकट हाल टरेको भन्दै उनले पनि नयाँ संविधान जारी भएपछि मुलुकले आर्थिक समृद्धिको बाटो लिने स्पष्ट पारे ।
उपप्रधानमन्त्री वामदेव गौतमले अबको छ महिनाभित्र नयाँ संविधान बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै त्यसपछि स्थानीय निकायको निर्वाचन हुने बताए । संघका अध्यक्ष महेश बस्नेतले एसियामा शान्ति र विकासका लागि युवाले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुने जानकारी दिए । बैठकमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागिता छ । रासस

No comments:
Post a Comment