Friday, September 5, 2014

राष्ट्रिय लोक दोहारी अवार्डमा यस्तो देखियो-फोटो फिचरसहित)

September 5
तेश्रो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७१’ काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीले आयोजना गरेको कार्यक्रममा विभिन्न १९ विधामा अवार्ड वितरण गरिएको छ ।
 lokdohari-samman
यो समारोहमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट जनकवी केशरी धर्मराज थापालाई नगद १५ हजारसहित सम्मानीत गरिएको छ । यस्तै, दशक गायकको सम्मानबाट मिलन लामालाई सम्मानीत गरियो । यस्तै, सदावाहार गीतको रुपमा भने ‘सिन्धुली गढी घुमेर हेर्दा’ बोलको गीतलाई सम्मानीत गरिएको छ ।
 lok-doharai-aaward-3
 अवार्ड समारोह लोकगीत क्षेत्रका चर्चित गायक तथा गायिका, कलाकारहरुको प्रस्तुतीले अझ रोचक बनेको थियो । कार्यक्रममा उत्कृष्ट लोकदोहारी मोडल महिला विधाबाट पूणिर्मा श्रेष्ठ, पुरुषबाट महेन्द्र गौतमले अवार्ड प्राप्त गरे । यस्तै, लोकदोहोरी शब्दतर्फ शिव सुवेदी, लयतर्फ सहदेव कोइराला, लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको विधामा कपिल लामाले अवार्ड प्राप्त गरे ।lok-dohari-aaward-1

 यस्तै सर्वोत्कृष्ट लोकगीततर्फ हिमाल घले, प्रतियोगी गायक प्रदिप रोक्का, प्रतियोगी गायिका हरिमाया रायमाझी, संगीत संयोजन तारानाथ आचार्य, रेकडिङ कुमार राना, छायांकार राजेश घिमिरे, वाध्यवाधक यमन थापामगर हुन सफल भए । लोकदोहोरी साँझ गायक तारपत्ती सुवेदी र गायिकातर्फ मनमाया वाइवाले अवार्ड प्राप्त गरे । लोकदोहारी नव-गायकको अवार्ड हेमन्त आलेले जित्दै गर्दा नव-गायिकाको विधामा भने सावित्री परियारले अवार्ड जितिन् । यस्तै, लोकदोहारी पत्रकारिता पुरस्कारबाट गोविन्द गिरीलाई सम्मानीत गरियो ।lok-dohari-aaward-2lok-dohari-aaward-4lok-dohari-aaward-5lok-dohari-aaward-6dipakraj-giri

No comments: