September 8
काठमाडौं । सरकारसँगको सहमतिपछि ग्यास व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन् ।
आपूर्ति मन्त्रालयका सहसचिव दिपक सुवेदीको नेतृत्वमा रहेको वार्ता टोली र ग्यास उद्योगी संघबीच भएको वार्तामा ग्यासको कोटा निर्धारणबारे अध्ययन गरी सिफारिस गर्न ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ ।
मन्त्रालयका उपसचिव दीपकराज पाण्डे संयोजक रहने समितिमा आयल निगमका ३ र ग्यास उद्योगीका २ जना प्रतिनिधि रहनेछन् । वार्तामा अगष्टमा तोकिएको कोटामध्ये आयात हुन नसकेको बाँकी कोटालाई सेप्टेम्बर र अक्टोबरमा आयात गर्ने सहमति भएको छ ।
२२ हजार ३७७ कोटा मेटि्रक्टन भएपनि अगष्टमा १६ हजार ६६ मेटि्रक्टनमात्र आयात भएको थियो । सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको ग्यास उद्योगी संघले जनाएको छ ।

No comments:
Post a Comment