September 4
योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘भुलभूलैया’को छायांकन सकिएको छ । नायक जीवन लुइटेल भोली अमेरिका जाने भएपछि निर्माणपक्षले आज छायांकन सकाएको हो ।
अब जीवन र नायिका नीता ढुंगानालाई फिचरिङ गरेर एक गीत मात्र खिच्न बाँकी छ । यो गीत जीवन अमेरिकाबाट फर्किएपछि मात्र छायांकन हुने निर्देशक घिमिरेले जानकारी दिए ।
उनले चलचित्र ‘भुलभूलैया’ यसअघि आफूले बनाएको ‘नोटबुक’ भन्दा पनि निक्कै राम्रो बनेको प्रतिक्रिया दिए । जीवन लुइटेल, नीता ढुंगाना, स्वहित मानन्धर लगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई डीजीटल प्रविधिको उच्चतम प्रयोग भनिएको छ ।
चलचित्रले प्रेमको कथा बोल्छ । एक वृद्धा आश्रममा सिनेमाको कथावस्तु घुमेको छ । नायक जीवन लुइटेलले पनि ‘भुलभूलैया’ राम्रो बनेको भन्दै अमेरिकाबाट आएपछि एक गीतको छायांकन गर्ने जनाएका छन् । बाँकी रहेको एक गीतको छायांकन भदौ २८ गते गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।
दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको यो सिनेमा चैत्रको अन्तिम साता सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।
योगेश घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘भुलभूलैया’को छायांकन सकिएको छ । नायक जीवन लुइटेल भोली अमेरिका जाने भएपछि निर्माणपक्षले आज छायांकन सकाएको हो ।
No comments:
Post a Comment