September 4
काठमाडौं । खासाबाट अवैधरुपमा पाखुरामा लुकाएर काठमाडौं ल्याउन लागिएको दुई किलो सुन बाह्रबिसे प्रहरीले पक्राउ गरेको छ । सुनसँगै एक किशोरसमेत समातिएका छन् ।
बा ११ प ९५०५ नम्बरको बोलेरो गाडीका यात्री सान्जो लामाले दुबै हातको नाडीमा टेपले बाँधेर ल्याउँदै गरेको बिस्कुट आकारको दुई किलो सुन प्रहरीले बरामद गरेको हो ।
सिन्धुपाल्चोकको मार्मिङ गाविस वडा नम्बर ३ का १६ वर्षे सान्जो लामालाई सुनसहित प्रहरीले विहीबार पक्राउ गरेको बाह्रबिसे प्रहरीका प्रमुख प्रहरी निरीक्षक जयश्वर रिमालले बताए ।
प्रहरीले सुनसहित गाडी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले पछिल्लो समय अवैधरुपमा नेपाल भित्र्याएको सुन सिन्धुपाल्चोकका बिभिन्न ठाउँबाट नियन्त्रणमा लिइरहेको छ ।
No comments:
Post a Comment