Thursday, September 4, 2014

तलब बृद्धिको माग गर्दै पुजारीले तजेलु भवानीको पूजा रोके

September 4
काठमाडौं । तलब बृद्धिको माग राख्दै पुजारीहरुले तजेलु भवानी मन्दिरको दैनिक पूजा रोकेका छन् । पूजारीहरुको आन्दोलनपछि २५७ वर्षपछि पहिलो पटक कुमारी पूजा रोकिएको छ । पाँच बर्ष अघि राखेको माग अझैसम्म सुनुवाइ नभएको भन्दै पूजारीहरुले बिहीबारबाट पूजा नै रोकेका हुन् ।

मुल पुजारी उद्धवमान कर्माचारीहरुले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । उनका अनुसार मन्दिरका पुजारीहरुलाई ३८ सालदेखि तलब बढेको छैन । मुल पुजारीले मासिक ५ सय पाउने गरेका छन् भने इनाकेले ४००, सहायक नाइकेले ३०० र जोशी पुजारीले २०० पाउँदै आएका छन् ।

पुजारीहरुले मूल पुजारीलाई १२५००, नाइकेलाई १० हजार र अन्यलाई ८५०० तलब दिन माग गरेका छन् । मुल पुजारी महर्जनले भने-हाम्रो पनि बालबच्चा छ । हामी पनि मानिस हौं । जबसम्म गुठी संस्थानले तलब बृद्धि भएको लिखित चिठ्ठी दिँदैन, तलसम्म हामी काम गर्दैनौं ।’ पूजारीहरुको आन्दोलनका कारण बषर्ा र सहकालका देवता इन्द्रजात्राको पूजा समेत प्रभावित हुने देखिएको छ ।

No comments: