September 5 काठमाडौं
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ गते संविधान जारी नहुदैमा आकाश नखस्ने टिप्पणी गरेका छन् आजको कारोबार दैनिकमा खबर छ ।

शुक्रबार बसेको तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले संबिधानसभाको कार्यतालिका परिवर्तन गर्न नसकिने बताएपछि दाहालले वैद्य माओवादीलाई पनि सहमतीमा ल्याएर मात्र अघि जानस पर्ने भन्दै माघ ८ गते संविधान जारी नभए त्यसको केही समय पछि पनि जारी गर्न सकिने बताएका हुन् ।
भदौ २१ गतेसम्म सहमती भए हुन्छ नभए कार्यतालिका भने परिवर्तन गर्न नसकिने पौडेलले बताएपछि दाहालले हिजो मात्र राजनीतिक सभा गर्ने सहमती गरेको वैद्य माओवादीलाई ढाटेजस्तो हुने भन्दै कार्यतालिका संशोधन गरेर भए पनि सहमतीमा विवादित विषय टुंगो लगाउनु पर्ने बताएका थिए ।
दाहालले विगतमा ४ वर्ष सम्म सहमतीको प्रयास गरेको स्मरण गर्दै सहमतीको प्रयासलाई जारी राख्नु पर्नेमा जोड दिएका थिए । यता शुक्रबार रातभरमा सहमतीको प्रउाश गर्नु पर्ने तर सहमती हुन नसके कार्यतालिका अनुसार नै अघि बढ्नु पर्ने पौडेलको भनाई छ ।

No comments:
Post a Comment