Saturday, September 13, 2014

कान्तिपुरप्रति ऐक्यबद्घता जनाउन शीर्ष व्यक्तित्वहरू सर्वोच्चमा विवेकपूर्ण निर्णय गर्ने पौडेलको विश्वास

September 13
काठमाडौं, भाद्र २७ - कान्तिपुरविरुद्घ सर्बोच्च अदालतमा परेको अवहेलाना मुद्दामा विभिन्न राजनीतिक दलका नेता, सभासद्, उद्योगी व्यवासायी, लेखक कलाकार, शिक्षक, युवा विद्यार्थी लगायतले ऐक्यबद्घता जनाएका छन् । उनीहरुले समाचार लेखेकै आधारमा अवहेलनाको मुद्दा चलाएर कारवाही गर्नु नहुने बताएका छन् । अवहेलना मुद्दामा वयान दिन गएको कान्तिपुर टोलीलाई ऐक्यबद्धता जनाउन नेता, सभासद लगायत  व्यक्तिहरु शुक्रबार सर्बोच्च परिसरमै पुगेका थिए ।Court_premises
उनीहरुले देखेको कुरा लेख्न पाउने अधिकारी प्रेसलाई रहेको उल्लेख गरे । उनीहरुले  न्यायालयले भित्र भएकार गलत खालका कामकारवाहीको आलोचनात्मक रुपमा लेख्न पाउने अधिकार प्रेसलाई भएको बताए ।
ऐक्यबद्घता जनाउन पुगेका काग्रेस उपसभापति रामचन्द्र पौडेलले  प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो ऐक्यबद्धता रहेको बताए । 'प्रेस स्वतन्त्रत हुनुपर्छ उसले आलोचनात्मक रुपमा लेख्न पाउनुपर्छ म ऐक्यबद्धता जनाउन आएको हुँ' नेता पौडेलले भने । काग्रेसका तर्फबाट संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा, सभासद्हरु नविन्द्रराज जोशी, रामहरि खतिवडा, केन्दि्रय सदस्य सुरेन्द्र पाण्डे लगायतका नेता सर्बोच्च  अदालत पुगेका थिए ।
 एमालेका तर्फबाट सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, केन्दि्रय सदस्य तथा सभासद्हरु  राजन भट्टराई, भानुभक्त ढकाल,  यज्ञराज सुनुवार, चुडामणी जंगली, विशाल भट्टराई, रामनाथ ढकाल, सूर्य थापा लगायतका नेता सर्बोच्च अदालत पुगेका  थिए । उनीहरुले प्रेसका गतिविधिहरु माथि अंकुश लाग्ने खालका गतिविधि कतैबाट पनि हुन नहुने धारणा राखे ।
 एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,  प्रमुख सचेतक गिरिराजमणि पोखरेल, सर्वाजनिक लेखा समितिका सभापति जनार्दन शर्मा, सभासद् रविन्द्रप्रताप शाहले पनि ऐक्यबद्घता जनाउन सर्बोच्च अदालत गएका थिए । एमाओवादी उपाध्यक्ष श्रेष्ठले न्यायलयको आलोचना गरेको नाममा सञ्चारमाध्यमको भूमिका कमजोर बनाउने काम दुःखद भएको बताए । 'अदालतले गल्ती नै गर्दैन भन्ने होइन' सर्बोच्च परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले भने,'अदालतमा र न्यायाधिसले गरेको गल्तीलाई स्वस्थ्य ढंगबाट उजागर गर्दा प्रेसलाई 'भिक्टिम' बनाइनु हुदैन ।' श्रेष्ठले न्यायिक स्वतन्त्रता जत्तिकै महत्प प्रेस स्वतन्त्रताको पनि रहेको बताए ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर केसी, मालेका सभासद् अइन्द्रसुन्दर नेम्वाङ लगायतका नेता पनि सर्बोच्च पुगेका थिए ।
कान्तिपुरलाई ऐक्यबद्धता जनाउन उद्योगी व्याबसायीहरु  पनि सर्वोच्च अदालतमा उपस्थित भएका थिए ।  नेपाल उद्योग बाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा सञ्चार उद्यमी भाष्करराज राजकणिर्कार, बरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपध्यक्ष किशोर प्रधान लगायतका पदाधिकारी सहभागी थिए । नेपाल उद्योग परिसंघ (सिएनआई) का बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, महानिर्देशक मेघनाथ न्यौपाने सहितका पदाधिकारी पनि उपस्थित थिए । यसैगरि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासचिव कमलेसकुमार अग्रवाल र राष्ट्रिय व्यवसायीक पहल (एनविआई) का महासचिब सुरेन्द्रवीर मलाकार सहितका प्रतिनिधिले पनि एक्यवद्धता जनाएका थिए । त्यस्तै नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष निरन्जन श्रेष्ठ, नेपाल अटोमोवाईल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष अन्जन श्रेष्ठ घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ लगायतको नेतृत्वमा उद्योगी व्यबसायी सहभागी थिए ।
आर्थिक पत्रकार समाज (सेजन) का पदाधिकारीको पनि उपस्थिति थियो । पत्रकार महासघंका पूर्व अध्यक्ष शिव गाँउले, सामुदायिक रेडियोको अन्तराष्ट्रिय संस्था (अमार्क) का उपाध्यक्ष मिनबहादुर शाही लगायत सञ्चार क्षेत्रका व्यक्तिहरुको पनि सर्बोच्चमा बाक्लो उपस्थिति थियो ।
त्यस्तै महिला उद्यमी प्रमिला रिजाल, शान्ति चड्डाको पनि सहभागिता थियो । यसैगरि एपेक्स कलेजका प्रिन्सिपल एलपी भानु शर्मा, सहायक पि्रन्सीपल टिका उप्रेती, सञ्चालक विनय शर्मा पनि सहभागी थिए । उपभोत्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना लगायतका पदाधिकारीले पनि अदालतमा उपस्थीत भएर कान्तिपुर र प्रेस स्वतन्त्रतता प्रति समर्थन देखाएका थिए ।
लेखक, कलाकार, चलचित्रकर्मीहरु पनि सर्बोच्च परिसर पुगेका थिए । नयनराज पाण्डे, ब्रजेश खनाल, राजन मुकारुङ, घिमिरे युवराज, नारायण पुरी, कलाकार संघका अध्यक्ष नवल खड्का, अनुप सुवेदी, सुरेश ढकाल लगायतका व्यक्तिको उपस्थिति थियो । त्यस्तै उप प्राध्यापक विमल खडा, युवा अभियन्ता पुष्कर बम, समाज सेवी निराजन खडा, बौद्ध दर्शन अध्यता मौसम शाक्यलगायत विभिन्न क्षेत्रका सुभेच्छुक पनि सर्वोच्च प्रांगणमा पुगेर सूचनाको हक तथा प्रेस स्वन्त्रताको पक्षमा ऐक्यवद्धता जनाएका थिए ।  ऐक्यबद्घताका लागि सर्बोच्च परिसरमा विभिन्न क्षेत्रका झण्डै तीन सय व्यक्तिको उपस्थिति थियो । कान्तिपुरको यो मुद्दामा ऐक्यबद्धता जनाउदै बहसमा संलग्न हुन झण्डै ५ सय वकिलले वकालनामा समेत दिइसकेका छन् । भिडियो हेर्न यो लिन्क म जानुहोस 

No comments: