Friday, September 5, 2014

गायिका अञ्जु पन्तको विवादलाई तपाई कसरी लिनुहुन्छ ?

September 4
चर्चित गायिका अञ्जु पन्तले दूर्गामाताको भजनसँग सम्बन्धित दशैं गीत गाउन नमानेको विषयलाई लिएर यतिबेला सामाजिक सञ्जाल एवं मिडियाहरुमा विविध किसिमका क्रिया-प्रतिक्रियाहरु आइरहेका छन् ।
 यसमा गायिका पन्तले कसैको चित्त दुःखेको भए क्षमा चाहन्छु समेत भनिसकेकी छन् ।
 anju-panta
आफू क्रिश्चियन भएकाले हिन्दूजन्य शब्द उल्लेखित गीत नगाउने भन्ने गायिका पन्तको अभिव्यक्तिप्रति धेरैले विरोध जनाएका छन् । गैैरहिन्दूहरुले भने यसलाई खासै ठूलो विषय ठान्न र उछाल्न उपयुक्त नहुने बताइरहेका छन् । तपाईको विचारमा यो घटनालाई कसरी लिँदा राम्रो होला ?
 १. कस्तो गीत गाउने या नगाउने भन्ने अञ्जु पन्तको व्यक्तिगत स्वतन्त्रता हो । त्यसैले यसलाई धेरै उछाल्नु ठीक होइन ।  

२. चर्चित गायिकाले साम्प्रदायिक कुरो गर्नु राम्रो होइन । कलाकारहरुले सबैको साझा हुन सक्नुपथ्र्यो । पन्तले कमजोरी गरेकै हुन् ।

  ३. पन्तले कसैको चित्त दुखेको भए क्षमा चाहन्छु भनिसकेकी छन् । कमजोरी सबैको हुन्छ, उनले सरी भनिसकेकाले अब उनीमाथि खेदो गरिराख्नु न्यायसंगत हुँदैन । अब यो घटनालाई बिर्सेकै राम्रो । यो पनि पढ्नोस्

गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गाउन मानिनन्
गायिका अञ्जु पन्तले क्रिश्चियन धर्म अंगालेको त सबैलाई थाहा नै छ । तर, उनले क्रिश्चियन भएपछि हिन्दुवादी शब्द भएको गीत नै गाउन छोडेकी छिन् । दशैको एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गीत गाउन नमानेकी हुन् । गीतकार सहदेव कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् । उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक कलाकार हो । धर्म मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन । ‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ हुँदैछ । मालाश्री रेकडिङ स्टूडियोमा अञ्जु गीत गाउन पुगेकी थिइन् । अञ्जुले सहदेव कोइरालाको शब्दमा थुप्रै हिट गीत गाइसकेकी छिन् ।
 
दशैं गीत नगाउने गायिका अन्जु पन्तले मुख खोलिन्
२० भदाै, काठमाडौ । गायिका अन्जु पन्तले आफ्ना लागि सबै धर्म बराबर भएको भन्दै कसैको धार्मिक आस्थामा चोट पुर्‍याउने लक्ष्य नभएको बताएकी छिन् ।अन्जु पन्तले सामाजिक सञ्जालमा राखेको चिठ्ठी
 सहदेब कोईरालाको शब्द र संगीत रहेको गीतमा अन्जुले ‘हिन्दु’ भन्ने शब्द भएको कारण गाउन नमानेको भन्ने कुरा गीतकार कोईरालाले सार्वजनिक गरेका थिए । अन्जुले हिन्दु भन्ने शब्द भएकै कारण गीत गाउन नमानेको कुरा सार्वजनिक भएपछि उनका प्रसंसकहरुले रिसाउदै बहिस्कार गर्नुपर्ने सम्मको कुरा गरेका छन् । तर, गायिका पन्तले कुनै पनि धर्मलाई होच्याउने काम आफुवाट नभएको भन्दै धर्मसंग जोडेर आफ्नो वारेमा सार्वजनिक भएको समाचारले आफु दुखी भएको बताएकी छिन् ।
साथै उनले नजिकिदो चाड खुसीसाथ मनाउन पनि आग्रह गरेकी छिन् । आफ्नै हस्ताक्षरमा समाजिक सञ्जाल मार्फत विज्ञप्ती जारी गर्दै अन्जुले भनेकि छिन् ‘म तपाईहरुकै गायिका अन्जु पन्त कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम हिजोका दिनमा पनि भएको थिएन, आजको दिनमा पनि भएको छैन र भोलीको दिनमा पनि हुने छैन ।’ साथै उनले सबै धर्मालम्बिहरुमा नजिकिंदै गरेको आफ्नो चाड पर्व सरल र सभ्य किसिमले मनाउन् भन्दै शुभकामना दिएकी छिन् ।

No comments: