Friday, September 5, 2014

कतारमा एक नेपालीको मृत्यु

September 4
दोहा/कतार । कतारको कर्वा कम्पनिका कार्यरत एक नेपालीको मृत्यु भएको छ । कम्पनीका सवारी चालक धादिङ निलकण्ठका दीलिप मगरको ज्यान गएको हो । आफ्नै कोठामा सुतिरहेका मगरलार्इ मृत अवस्थामा भेटिएको थियो । dilip

उनी बिगत ३ बर्षदेखि उक्त कम्पनिमा बसचालकको रुपमा काम गरिरहेका थिए । बिहिबार साँझ भलिबल खेलेर केहि थकित अबस्थामा सुतेका उनलार्इ राति करिब २ बजेतिरसँगै रहेका अर्का नेपालीले मृत अबस्थमा भेटेका थिए ।

उनी स्वस्थ अवस्थामा सुतेको, कुनै रोगको संक्रमण नभए तर एक्कासी मृत अवस्थामा भेटिएको सँगै काम गर्ने हेटौडाका कुमार सिलबालले बताएका छन् । दिनभरको गर्मी र थकाईपछि एयर कन्डिसनमाको चिसोमा सुतेका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।

 उनीसँगै काम गर्ने धादिङकै नारायण प्रसाद अवस्थीका अनुसार मृतकका ६ वर्षकी छोरी र ३ बर्षका छोरा र श्रीमति रहेका छन् । शुक्रबार बिहान प्रहरीको अनुसन्धान टोलीले लासलाई पोस्टमर्टन र अनुसन्धानका लागि लगेको छ । साथमा अनुसन्धानका लागि सँगै कोठामा बसेका अरु ५ जनानेपालीलाई पनि प्रहरिलेसोधपुछका लागि लगेको छ । प्रहरीले उनको कोठामा रहेका सामान पनि संकलन गरेर जिम्मा लिएको छ ।

No comments: